• चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ ।नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् । दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएका सुमित र अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनिहरुको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनिहरुको स्वागत गरेका थिए ।

    सुमित र अस्मिताका आ–आफ्नै फ्यानहरुले लगाएको हुटिङ्ले माहोल तातेको थियो । उनिहरुका आ–आफ्नै फ्यानहरु सेल्फि खिच्न ब्यस्त देखिन्थे । उनिहरुसँग अंकमाल गर्न र फोटो खिच्न तछाड मछाड भएको थियो, जसको कारण माहोल नै अस्तब्यस्त बनेपछी प्रहरीलाई माहोल नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । उनीहरुलाई प्रहरीले स्कटिङ गरी गृहनगर लगिएको थियो । सुमित झापाको सुरुङाबासी हुन् भने अस्मिता कमल गाउँपालिकाबासी हुन् । उनीहरुलाई भोट माग्न झापाका विभिन्न स्थानमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरिएको छ ।

    https://www.youtube.com/watch?v=Q1KKvEJNf1Y&t=125s

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…