• भक्तपुर ।नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले देश र जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

    नेपाली काङ्ग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज चाँगुनारायणमा उद्घाटन गर्दै उहाँले सरकारले जनहितका पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको हो ।

    नेता निधिले हत्या, हिंसा, बलात्कार र महङ्गी बढ्दा पनि सरकार मौन बसेको आरोप लगाउँदै काङ्ग्रेसले रचनात्मक सक्रिय र सशक्तरुपमा प्रतिपक्षका भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।

    काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको जिकिर गर्दै उहाँले आसन्न महासमितिको बैठकपछि काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो ।

    नेपाली काङ्गेसका नेता गगन थापाले काङ्ग्रेस पार्टीभित्र कठोरता र क्रुरतापूर्वक छलफल र चिन्तन गरी काङ्ग्रेस विगतमुखी मात्र नभएर एकजुट भएर नयाँ बाटो अवलम्बन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर निर्वाचन क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमलीलगायतले काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका भक्तपुरका पूर्वअगुवालाई सम्मान गरिएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…