• काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

    सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो ।

    यस्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठकस्थलबाट बाहिरिनुभएको थियो । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

    बैठकको तयारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो २ बजेदेखि नै आवश्यक परामर्शमा रहनुभएको थियो ।

    महासचिव पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो हुन गएको हो । यही मङ्सिर १२ गतेको सचिवलाय बैठकले पार्टीको प्रदेश कमिटीमा रहने सदस्यको नामावली टुङ्गो लगाएको थियो ।

    आजको बैठकमा पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…