• काठमाडौँ,  ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको शुभारम्भ गरिएको छ ।

    नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गर्नुभएको हो ।

    कार्यक्रममा नेता गुरुङले काङ्ग्रेसलाई पुनर्ताजगी दिनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “काङ्ग्रेसलाई देशव्यापी रुपमा बलियो बनाउनका लागि अभियानले सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।

    नेता गुरुङले बलियो काङ्ग्रेस निर्माणका लागि आफूले काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा पटकपटक आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले देशभरका काङ्ग्रेस कार्यकर्तालाई एक बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन अभियानलाई देशव्यापी लैजान जरुरी रहेको बताउनुभयो ।

    अभियन्ता दीपक भण्डारीले पार्टीभित्र एउटै व्यक्तिले दोहोर्याउने परिपाटीको अन्त्य गर्दै समान अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न उक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

    अभियन्ता हरिशरण खतिवडाले नयाँ दृष्टिकोण र नयाँ सोचका साथ पार्टीलाई अगाडि बढाउन अभियान शुरु गर्न लागिएको बताउँदै आगामी दिनमा यो अभियानलाई देशव्यापी लैजाने बताउनुभयो । अभियन्ता अञ्जना अर्याल, जयराम दाहाल लगायतले नयाँ काङ्ग्रेस निर्माणका लागि अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…