• झापा । नेपाल जेसीज क्षेत्र ख अन्तरगतको राष्ट्रिय तालिम सप्ताह सम्पन्न भएको छ । बसामाडी जेसीजमा उद्घाटन भएको तालिम सप्ताह वालिङ जेसीजमा सम्पन्न भएको छ ।

    तालिम सप्ताहको आतिथ्यता वसामाडी जेसीज, सौराह र सौराह लेडी जेसीज, पर्साखैरेनि जेसीज, व्यासनगर जेसीज, शुक्लागण्डकि जेसीज, पोखरा जेसीज र अन्तिम दिन वालिङ जेसीजले गरेका थिए । तालिमको मुख्य प्रशिक्षकका रुपमा मिलन गुरुङ, रमेश अर्याल, रश्मि सिल्पकार, परमेश्वर अच्युत दासले सहजीकरण गरेका थिए । तालिम अवधीभर राष्ट्रिय तालिम आयुक्त अनिलबहादुर शाहि, क्षेत्र ‘ख’ राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रश्मि शिल्पकार, राष्ट्रिय उपाध्यक्षहरु श्याम सुन्दर पौडेल (मिलन), राजेन्द्र घिमिरे, जनकराज घिमिरेलगायतले तालिमको अनुगमन गरेका थिए ।यस अघि नै क्षेत्र क र क्षेत्र ग मा सम्पन्न भई सकेको छ भने क्षेत्र घ मा मंसिर २२ वाट सञ्चालन हुदैछ। राष्ट्रिय तालिम सप्ताह वर्ष २०१८ मा पहिलो पटक नेपाल जेसीजले सञ्चालन गरेको हो। आगामी बर्षहरुमा यसले थप प्रभावकारि रुपमा निरन्तरता पाउने राष्ट्रिय तालिम आयुक्त अनिलबहादुर शाहीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…