• चन्द्रगढी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल २९ गते शनिवार झापा आउने हुनु भएको छ ।
    भद्रपुर जेसीजले निर्माण गरेको नवनिर्मित भवनको उद्घाटन गर्नका लागि अध्यक्ष बस्याल झापा आउने कार्यक्रम तय भएको हो । बस्याल शुक्रवार नै भद्रपुर आउनु हुने र शनिवार बिहान ८ बजे भद्रपुर जेसीजले निर्माण गरेको भवनको उद्घाटन गर्ने कार्यक्रम तयार भएको भद्रपुर जेसीजका अध्यक्ष सोमप्रसाद ढुङ्गेलले बताउनु भयो ।
    सन २०१६ मा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले उक्त भवनको सिल्यान्यासु गर्नु भएको थियो ।
    एक तलको उक्त भवन निर्माणका लागि अहिलेसम्म १८ लाख ७० हजार खर्च भएको निर्माण समितिका संयोजक रमेश पोखरेलले बताए । जसमा २ वर्ष अघि संसदीय विकास कोषबाट १० लाख प्राप्त भएको थियो भने २ वर्षको अवधीमा विभिन्न दाताहरुबाट ८ लाख ७० हजार रकम संकलन भएको भद्रपुर जेसीजका पूर्व अध्यक्ष समेत रहेका संयोजक पोखरेलले बताए ।
    अघिल्लो वर्ष छत ढलान गरिएको उक्त भवनमा एउटा हल, २ वटा शौचालय रहने छ भने आगामी वर्षमा माथिल्लो तला थप गरि सचिवालयको कार्यलय निर्माण गरिने शाखा अध्यक्ष सोमप्रसाद ढुङ्गेलले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…