• देबु बानियाँ
    झापा । नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनको आथित्यता शाखा जनकपुर जेसीज वर्ष २०१८ का अध्यक्ष जितेन्द्र महासेठले जनकपुर महाधिवेशनलाई अवसरका रुपमा लिएको बताउनु भएको छ । यो महाधिवेशनले जनकपुरधामको आन्तरिक पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नुका साथै यहाँको ऐतिहासिक कुराहरुलाई बाहिर ल्याउने एउटा उत्तम अवसरका रुपमा लिएको बताउनु भएको छ ।
    अध्यक्ष महासेठले महाधिवेशन गर्न पाउनु जनकपुरका लागि ठूलो सौभाग्य भएको बताउँदै यसले जनकपुरको पहिचानलाई अझ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
    ‘जनकपुरधाम पौराणिक इतिहास बोकेको ठाउँ हो’ अध्यक्ष महासेठले भन्नु भयो–‘राजा जनक र सीताको जन्मभूमि रहेको जनकपुरधाममा परापुर्व कालदेखि नै यहाँको संस्कार र संस्कृतिले भिजेको ठाउँ हो । यो जनकपुरधामलाई पर्यटन प्रर्वधनमा अझ विकास हुनेछ ।’
    जनकपुर महाधिवेशनको तयारीका बारेमा जानकारी गराउँदै अध्यक्ष महासेठले महाधिवेशनमा आउने आम जेसीजकर्मीहरुलाई यहाँको पहिचान, संस्कार र संस्कृतिले भरिपूर्ण भएका कला र संस्कृतिले स्वागत गर्ने बताउनु भयो ।
    ‘हामीले यस महाधिवेशनलाई चुनौती होइन अवसरको रुपमा लिएका छौँ’ अध्यक्ष महासेठले भन्नु भयो–‘यस अघि आम जनमानसमा आएको जनकपुरप्रतिको नकरात्मक सोचकोे पनि यो महाधिवेशनले अन्त्य गर्नेछ । जनकपुरमा सव्य र असल मानिसहरुको बसोबास भएको क्षेत्र हो । जहाँ नेपाल र नेपालीप्रतिको उत्तिकै माया र सम्मान छ । यो महाधिवेशन सकेर फर्कदैँ गर्दा जनकपुरलाई हेर्ने दृष्टिकोणमा पक्कै पनि परिवर्तन हुनेछ ।’
    महाधिवेशनको बारेमा बताउँदै अध्यक्ष महासेठले भने–‘हामी यो ४५ औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि कुरामा कमि हुन दिने छैनौँ । यहाँको सुरक्षा, बस्ने व्यवस्था, खाने व्यवस्था अनि यहाँ सहभागि हुनेले पाउने आथित्यतालगायतका क्षेत्रमा हामी गम्भिर भएर लाग्ने छौँ र अहिलदेखि नै त्यसको तयारी गरिरहेका छौँ ।’

    यो महाधिवेशनमा जनकपुरधामको परिचयलाई अझ प्रगाढ बनाउनका लागि आम जेसीजकर्मीहरुको भूमिका रहेन महासेठले बताए । ४ दिनको अन्तरालमा करिब २५ सय मानिसहरुले यहाँको अवलोकन गर्ने बताउँदै जनकपुरधामलाई देशविदेशमा थप प्रचारप्रसार गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…