• उर्लाबारी, मंसिर २३

    मोरङको उर्लाबारी नगरपालिका – २ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समुहको १६ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ
    साधारणसभाका प्रमुख अतिथी नगर प्रमुख खड्ग फागोले नगरमा रहेका सबै पर्यटकीय क्षेत्रहरुको विकाश र प्रबद्र्धनमा नगरपालिका रहेको बताउनुभयो । बेतिनी वन र सिमसारको विकाशका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउँदै उहाँले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    उहाँले विश्व बैँकको आर्थिक सहयोगमा उर्लाबारी वडा नम्बर २ मा सडक कालोपत्रे सहितका योजनाहरु संचालन हुने बताउनुभयो । सामुदायिक वन उपभोक्ताहरुको जिवनस्तर उकास्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले वार्षिक कार्ययोजना अनुसार नै अघि बढ्नुपर्ने बताउनुभयो । सोही अवसरमा नगर प्रमुख फागोले नगरपालिकाको आर्थिक सहयोगमा सिमसारमा निर्माण गरिएको बालउद्यानको उद्घाटन गर्नुभएको थियो । बालउद्यानमा पानीको फोहोरा, पजल गार्डेन, बालबालिकाहरुका लागि मनोरञ्जनात्मक खेलसामाग्रीहरु लगायत रहेका छन् ।

    साधारणसभामा विशिष्ठ अतिथी सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. १ का सचिव अग्नि पौडेलले संघ र प्रदेश सरकार वन ऐनको तयारीमा रहेकाले स्थानीय स्तरमै अधिकार पाउने गरी ऐन बनाउन दबाब दिईएको बताउनुभयो ।

    साधारणसभामा सचिव अरुणा थापाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष ज्योती थापाले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक डिल्लीराम सापकोटाले लेखा तथा अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समुहको परिसरमा भएको साधारणसभा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यता तथा अध्यक्ष भिम राईको अध्यक्षतामा सम्पन्न भएको थियो । साधरणसभाको अवसरमा संस्थापक अध्यक्ष पञ्जिलाल धिमालसहित संस्थापक कार्यसमिति, समुहका जेष्ठ सदस्य र वन टोली प्रमुखलाई सम्मान् समेत गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…