• झापा । दुहवी जेसीजले यो वर्ष फरक प्रकृतिको कार्यक्रम सञ्चालन गरिरहेका छ ।सुनसरी क्षेत्रमा रहेका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुलाई यौन शिक्षा, महिला हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रमका साथै विद्यार्थीहरुलाई घरेलु सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरिरहेका छ । त्यो पनि फरक शैलीमा । दुहवी नगरपालिकामा रहेका १२ वटा वडा र यस वडामा रहेका १२ वटा विद्यालयमा १२ दिनको कार्यक्रम तयार गरी यो अभियान सञ्चालन गरेको हो । मंसिर १६ गते आइतवारबाट सुरु गरिएको अभियान मंसिर २७ गते सम्पन्न हुने शाखा अध्यक्ष कञ्चना झा ठाकुरले बताइन् ।

    कक्षा ८ देखि १० सम्मका छात्राहरुलाई यौन शिक्षा तथा महिला हिंसा विरुद्ध सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत आयोजना गरिदै आएको अध्यक्ष ठाकुरले बताइन् । स्थानीय घरेलु सामाग्रीहरुको सदुपयोग गरेर महिलाहरुमा हुने महिनावारीमा आवश्यक सेनेटरी प्याड बनाउने तालिमले विद्यार्थीहरु समेत उत्साहित रुपमा सहभागि भएका छन् । सचेतना कार्यक्रमको सहजीकरण दिपिका भगवतले गरिरहेकी छिन् ।
    दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले उद्घाटन गरेको १२ दिने अभियानमा सामुदायिक विद्यालयका ८ कक्षा देखि १० कक्षा पढने छात्राहरु सहभागि छन् ।
    अभियान अन्तरगत पहिलो दिन सरुवती मावि वडा नम्बर ५, दोस्रो दिन जनता मायाबती मावि वडा नम्बर १, तेस्रो दिन जनता मावि वडा नम्बर १०, चौथो दिन गोपाल मावि वडा नम्बर ११, छैठौँ दिन नविन शिक्षा निकेतन वडा नम्बर २, विपी आधारभूत वडा नम्बर ४ र तबालीगुल मादर्शन वडा नम्बर ९ मा सम्पन्न भएको शाखाकी महासचिव साक्षी न्यौपानेले बताइन् । उनका अनुसार बाँकी रहेका अरु विद्यालयसहित २७ गते वडा नम्बर १२ मा रहेको विद्यालयमा समापन गरिनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…