• दमक । शनिवार चन्द्रगढी एयरपोर्टमा नेपाल आइडल सिजन दुइका मुख्य प्रतिस्पर्धी सुमित पाठकलाई लक्षित गरि केहि अनलाइन र सामाजिक संजालमा आएका विभिन्न समाचारले आफुहरुलाई दुखित बनाएको सुमित जिताउ अभियानले पत्रकार सम्मेलन गरि बताएको छ ।

    आइतवार विर्तामोडमा गरिएको पत्रकार सम्मेलनमा सुमित जिताउ अभियानका अभियान्ता सुनिल भेट्वालले आफुहरु दुबै झापाली र पुर्वेली शान भएकोले एकजना जो भएपनि प्रथम र अर्कोजना दोस्रो हुनुपर्ने भन्दै अभियान चलाइरहेकोमा केहि सामाजिक संजालमा सुमितले बोलेका कुरालाई भिडियो मिक्सिङ्ग गरि अतिरन्जित तरिकाले प्रचारमा ल्याइएको र अस्मिताका भिनाजुले समेत कपोकल्पित तरिकाले निराधार कुरा गरेर माहौल आफ्नो पक्षमा पार्नका लागि भिडियोमा नाटकिय प्रतिक्रिया दिएको बताउनुभयो ।

    आफुहरुसग अस्मिताका भिनाजुले भनेकोझै कुनै सहमति नगरेको र त्यसको कुनै प्रमाण भए ल्याउन समेत आग्रह गरेका छन । कार्यक्रममा सुमितलाई लिन गएका फ्यान केदार निरौलाले आफु सुमितलाई लिन एयरपोर्टमा गएको तर आफै आफ्नो गाडीमा अस्मिता र अरु निक्कैजना अस्मिताका समर्थक चढेकाले आफ्नो गाडीले भार बहन गर्न नसक्ने र आफु अस्मिताको घर दमकसम्म जान समय नरहेको वताएपछि अस्मिता लगायातका फ्यानहरु आफै गाडीबाट झरेको बताउनुभयो ।

    निरौलाले व्याक्तिगत रुपमा अस्मिता र सुमित दुबैलाई नचिन्ने तर आफुलाई सुमितको गित मन परेका कारण एयरपोर्टमा लिन पुगेको बताउनुभयो । पत्रकार सम्मेलनमा सुमित जिताउ अभियानका केन्द्रिय संयोजक एवम कलाकार राजेश घतानीले केहि सामाजिक संजालमा आएका कुराले झापाली प्रतिभाहरुमै फुट ल्याएको जस्तो देखिएको भन्दै सामाजिक संजालमा आएको जस्तो समस्या केहिपनि नभएको र दुबैमा आजपनि सौहार्दता रहेको बताउनुभयो ।

    अभियानका जिल्ला समितिका अभियानकर्मी शिव कडेँलले आफुहरु दुबै झापाली जिताउने अभियानमा लागेको वेला केहि उछृङ्कल जमातले हुदै नभएको अफ्वाह फैलाएको बताउनुभयो । आफुहरु अहिलेपनि दुबैजनाको पक्षमा लागेर भोट मागिरहेको बताउनुभयो । झापालीले अवपनि फुटेर हैन जुटेर अभियान संचालन गर्नुपर्नेमा अस्मिता अधिकारीका भिनाजु र केहि उनका समर्थकले अतिरन्जित तरिकाले प्रचार गरिरहेकोले यसले दुबै झापालीलाई घाटा पुर्याएको बताउनुभयो । नेपाल आइडल सिजन दुइको टप चारमा पर्नसफल झापा सुरुङ्गाका सुमित पाठक र कमल गाउँपालिकाकी अस्मिता अधिकारीका फ्यान विच शनिवार चन्द्रगढी विमान स्थलमा चढ्ने गाडीको विषयमा सामान्य विवाद भएको विषयलाई लिएर केहि अनलाइन र सामाजिक संजालहरुमा प्रतिस्पर्धी सुमित पाठकले अस्मितालाई दुव्यावहार गरेको भनेर प्रचार गरिएपछि यसो नभएको भन्दै सुमित जिताउ अभियानले पत्रकार सम्मेलन गरि स्पष्ट पारेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…