• कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ । पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र दोषी को हो भन्ने विषयमा झन् पेचिलो बनेको हो ।

    विशाल र प्रदीप निर्मला हत्या भएको अघिल्लो दिन कुखुरा चोरी गरेको अभियोगमा उनीहरू प्रहरी हिरासतमै रहेको स्थानीयले बताउँदै आएका छन् । तर प्रहरीले भने उनीहरूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकारेको बताउँदै आएका छन् । निर्मला हत्यामा उनीहरूको संलग्नता नरहेको विशाल र प्रदीपको परिवार र छिमेकीको भनाई छ ।

    निर्मलाको बलात्कार भएको १० साउन बिहान करिब १० बजेपछि प्रदीपलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा लगेको र सोही दिन विशाललाई पनि प्रहरीले दिउसो १ बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो । दुवैमाथि कुखुरा चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका थिए । दुवै जना कुलतमा लागेको र प्रहरीले प्रलोभन देखाएर घटनाको वास्तविक अपराधीलाई उन्मुक्ति दिन खोजेको उनीहरूको आफन्तको आरोप छ ।

    प्रहरी नियन्त्रणबाट प्रदीप १२ साउन र विशाल ११ साउनमा छुटेका थिए । परिवारजनका अनुसार प्रदीप वडा प्रहरीको नियन्त्रणमै रहेका र १२ साउनमा मात्रै हिरासत मुक्त भएका थिए । वडा प्रहरी कार्यालयमा प्रदीपले कुखुरा चोर्ने काममा विशाल चौधरी पनि संलग्न रहेको बताएपछि प्रहरीले दिउसो १ बजे विशाललाई सालघारी स्थित घरबाट पक्राउ गरेको समेत परिवारजनले बताउँदै आएका छन् । तर प्रहरीले भने उनीहरूले कसुर गरेको स्वीकारेको दाबी गर्दै आएको छ ।

    निर्मला हत्यामा संलग्नताको खोजी गरे पनि अहिलेसम्म पनि पक्राउ गर्न नसक्नु र पक्राउ गरेकाहरूमा पनि प्रमाण र आधारहरू नभेटेपछि प्रहरी प्रशासन थप विवादित बन्दै गएको छ । गत साउन १० गते हराएकी निर्मलाको लास ११ गते भेटिएको थियो ।news24nepal.tv bata

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…