• झापा । टिकापुर जेसीजको वर्ष २०१९ का लागि गणेश बहादुर साउद अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका छन् । शनिवार सम्पन्न साधारणसभाबाट साउद अध्यक्षमा निर्वाचित भएका हुन् ।
    शाखाको कार्यकारीणी उपाध्यक्षमा पृथ्वीराज ढुङ्गाना र बलराम चौधरी चयन भएका छन् । उपाध्यक्षहरुमा डिल्ली जैशी, कमलराम सुवेदी, दिपकराज बराल र टिका जैशी चयन भएका छन् ।
    यसैगरी, महासचिवमा नरेन्द्र स्वार, कानुनी सल्लाहकारमा लक्ष्मण थापा, कोषाध्यक्षमा सुरेश रिमाल, सचिवमा रिबन्द्र विष्ट, सचिवमा रविन्द्र विष्ट, तालिम संयोजकमा झनक तिमिल्सना, सदस्यता बृद्धि संयोजकमा इस्ता भण्डारी, शाखा सम्पादकमा छविलाल जैशी, जनसम्पर्क अधिकारीमा मंगल साउद, सँंस्कृतिक संयोजकमा भानुभक्त जैशी चयन भएका वर्ष २०१७ का अध्यक्ष एवम् नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मीले बताए ।
    शाखा अध्यक्ष लालकेश जैसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी, पूर्व अध्यक्षहरु कृतिसिंह पण्डित, जगदिश्वर पण्डित, राजकुमार हमाल, नवराज रावल, श्यामलाल पाण्डे, माधव आचार्य, आन्द हमाल, टेकनारायण पौडेल, प्रकाश शाहलगायतको सहभागिता रहेको थियो ।
    यसैगरी, व्यासनगर जेसीजको अध्यक्षमा रमेश गिरी निर्वाचित भएका छन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा कृष्ण सुनार, भुपाल आले, कानुनी सल्लाहकारमा सुनिल ढुङ्गाना, महासचिवमा कर्णबहादुर गुरुङ, कोषाध्यक्षम फणिन्द्र घिमिरे, उपाध्यक्षहरुमा युवराज भण्डारी, वीरेन्द्र बराल, सो्मबहादुर नेपाली निर्वाचित भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…