• काठमाडौं – ठूल्ठूला गफ गरेर जनताका लागि काम गर्ने भन्दै चुनाव जितेका कम्युनिस्टहरूले सिन्को भाँच्न नसकेपछि देशभर आलोचना भइरहेको छ ।

    जनअपेक्षा पूरा गर्न नसकेको भन्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नै आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने होटलमा भोतभतेर गरेका छन् ।

    देशभरका कम्युनिस्टहरू भेला भएर काठमाडौंको खर्चिलो होटलमा भोजभतेरमा मस्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएर होटलमा भोज दिइरहेका छन् ।

    राजधानीको होटल याक एण्ड यतिमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुका लागि रात्रीभोजको आयोजना गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रीभोजमा सातवटै प्रदेशका मुख्यमन्त्रीका अतिरिक्त नेता कार्यकर्ताको उपस्थिति रहेको बताइएको छ ।

    आईतबारदेखि राजधानीमा अन्तरप्रदेश परिषदको बैठक सुरु भएको छ । बैठकमा सहभागी हुन राजधानी आएका मुख्यमन्त्रीका लागि प्रधानमन्त्री ओलीले रात्रीभोज दिएका हुन् ।

    प्रधानमन्त्री निवास वालुवाटारमै रात्रीभोज गर्न सकिने व्यवस्था हुँदाहुँदै प्रधानमन्त्री ओलीले सरकारी बजेट स्वाहा हुने गरी खर्चिलो होटलमा भोजभतेर गरिरहेका छन् । जनतालाई राहत दिन, बृद्धभत्ता बढाउन बजेट नभएको बहाना गर्ने प्रधानमन्त्री ओलीले मोजमस्तीमा सरकारी बजेट उडाइरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…