• झापा । समय व्यवस्थापनका लागी योजना र कार्य सम्बन्धी तालिम आज सोमबार मंगलसेनमा सम्पन्न भएको छ । नेपाल जेसिजको आयोजनामा देशका सबै एरियामा संचालन भईरहेको तालिम सप्ताह अन्र्तगत एरिया डी को समन्वय तथा जेसिज अछामको आयोजनामा उक्त तालिम गरिएको हो ।

    अछाम जेसिज बर्ष २०१८ का अध्यक्ष जेसी खेमराज ढुंगानाको अध्यक्षतामा भएको तालिमको सहजिकरण नेपाल जेसिजका तालिम प्रशक्षिक जेसी प्रदिप बिष्टले गर्नुभएको थियो । तालिममा प्रशिक्षक बिष्टले हरेक व्यक्तीले कसरी आफ्नो समय व्यवस्थापन गर्न सक्छ र सोही अनुरुप कार्य योजना बनाई अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा सहभागीलाई प्रशिक्षकले जानकारी गराएका थिए ।
    तालिम समापन पछिको कार्यक्रममा बोल्दै अछाम जेसिजका अध्यक्ष खेमराज ढुंगानाले धेरै टाढाबाट अछाम पुगेर तालिमको सहजिकरण गरेको भन्दै प्रशिक्षकलाई धन्यबाद दिदैँ अछाम जेसिजले बर्ष २०१८ मा समाज परिर्वतनका लागी सचेनतामुलक कार्यक्रमका साथै विभिन्न तालिम संचालन गर्दै आईरहेको बताउनु भएको थियो ।

    यस्तै बर्ष २०१५ का अध्यक्ष नमराज न्यौपानले अछास जेसिजले विभिन्न तालिमहरु संचालन गर्दै जिल्लाका यूवाहरुलाई सकरात्मक बाटोमा अघि बढ्न प्रेरित गराएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । साथै उहाँले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन सुझाब दिएका थिए ।

    अछाम जेसिज बर्ष २०१८ का कार्यकारिणी उपाध्यक्ष जेसी नरेश कुमार शाहीको स्वागत मन्तव्य तथा कोषाध्यक्ष मिन बोगटीले आस्था पाठ गर्नुभएको थियो । २० जना भन्दा बढीको सहभागिता रहेको तालिममा आफनो महत्वपूर्ण समय दिदै उतकृष्ट सहभागीता जनाएको भन्दै जेसिज अछामका सदस्य धनकुमार केसीलाई प्रशिक्षकले पुरुस्कार समेत प्रदान गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…