• मेचिनगर । झापाको मेचिनगरमा जारी आदर्श नकआउट फुटबल प्रतियोगिता–२०७५ को सोमबारको खेलमा विर्तामोड युनाईटेड विर्तामोडले आयोजक आदर्श धिमाल समाजलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको छ ।

    मेची विद्योदय प्रा।वि को खेल मैदानमा आयोजना भएको सोमबारको खेलमा न्यु विर्तामोड युनाईटेड विर्तामोडले आयोजक आदर्श धिमाल समाजलाई ४–१ को जित दर्ता ग¥यो । दर्शकको भरपुर समर्थन पाएको आयोजक माथी विर्तामोड युनाइटेडले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो ।

    निकै रोमान्चक तथा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै दुबै टिमले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । दुबै टिमले विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । दुबै टिमका गोल किपरले उत्कृष्ट बचाउ गरेका थिए । निर्धारीत समयमा दुबै टिमल गोल गर्न नसके पछि खेल ट्राइब्रेकरमा गएको थियो । जसले गर्दा विर्तामोड युनाईटेड विर्तामोडले आयोजक आदर्श धिमाल समाजलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।
    खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विर्तामोड युनाईटेड विर्तामोडका गोल किपर अनुकरण श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद एक हजार र ट्रफी प्राप्त गरे ।

    प्रतियोगितामा बिजेता टिमले नगद पचास हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ, । उपबिजेताले नगद तीस हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । मंसिर २८ गते हुने फाईनल खेल न्यु स्टार क्लब खोपबाडी र विर्तामोड युनाईटेड विर्तामोड बिच दिनको ३ बजे हुने आयोजकका सन्तोस धिमालले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…