• देबु बानियाँ
    झापा । त्रिभुवननगर जेसीजको ‘Read TO LeadÚ’ को चौथो संस्करण अन्तरगत सोमवार अम्बिकेश्वरी आधारभूत विद्यालय घोराहीमा पुस्ताकालय स्थापना गरिएको छ ।
    यस शाखाले वर्ष २०१५ देखि ‘नेतृत्वका लागि अध्ययन’ भन्ने नाराका साथ हरेक वर्ष एउटा विद्यालयमा पुस्ताकालयको स्थापना गर्दै आएको छ ।
    त्रिभूवननगर जेसीजका प्रमुख संस्थापक सदस्य यज्ञबहादुर बढाथोकीको स्मृतिमा उनका छोरा वर्ष १९९९ का शाखा अध्यक्ष मनोज बुढाथोकीले पुस्ताकालयका लागि ५५ हजारको अक्षयकोषको स्थापना गर्दे आएका छन् । उनै यज्ञबहादुर बुढाथोकीको स्मृतिमा उक्त पुस्ताकालय स्थापना भएको हो । यो अक्षयकोषबाट आउने व्याजले सोही पुस्ताकालयको स्तरवृद्धिमा खचर्च गरिनेछ ।
    सोमवार विद्यालयमा आयोजित एक समारोहका बिच शाखाले विभिन्न पुस्तक, दराजसहित ६० हजार मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको थियो ।
    यसअघि वर्ष २०१५ मा बराह क्षेत्र मावि सेवार वनगाउँ, २०१६ मा निमावि बाहुनडाँडा स्कुल र २०१७ मा मसिना स्कुलमा पुस्ताकालय स्थापना भइसकेको छ ।
    त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोखरेलले सामुदायिक विद्यालयका नानीहरुलाई ज्ञान बाँड्ने अभियान थालेकोमा जेसीज र बुढाथोकी परिवारलाई धन्यवाद दिएका थिए ।
    विशेष अतिथि अक्षयकोष दाता मनोज बुढाथोकीले हरेक क्षेत्रमा नेतृत्व गर्न अध्ययन आवश्यक पर्ने र त्यसका लागि पुस्तकालय आधार हुने भएकाले सामुदायिक विद्यालयमा यो अभियान थालिएको बताए
    कार्यक्रममा विद्यालयका प्रअ सिता पौडेल, पत्रकार नरेन्द्र केसी र अम्बे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्रीधर भण्डारीलगायतले बोलेका थिए ।
    जेसिजका पुस्तकालय स्थापना अभियानका संयोजक किरण न्यौपानेले स्वागत गरेका कार्यक्रमको सञ्चालन सचिव टंक रावतले गरेका थिए ।








सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…