• देबु बानियाँ
    झापा । नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनमा १२ जना राष्ट्रिय उपाध्यक्ष पदमा २३ जनाको उम्मेदवारी परेको छ । आउँदो पुस ७ गतेबाट जनकपुरमा हुने महाधिवेशनले नेपाल जेसीजका लागि १ अध्यक्ष, ४ कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्षको टुङ्गो लगाउने छ । जस अन्तरगत उपाध्यक्षमा सबै भन्दा धेरै उम्मेदवारी परेको हो । उपाध्यक्ष पदमा उम्मेदवारी दिनका लागि शाखाको अध्यक्ष भएको हुनु पर्नेछ । जसमा धेरै उपाध्यक्षका प्रत्यासीका रुपमा वर्ष २०१८ का शाखा अध्यक्षहरु रहेका छन् । निर्वाचन समितिले तोकेका मितिसम्ममा कुनै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट चयन गरिनेछ । निर्वाचनमा जानु अघि उम्मेदवारहरुले उम्मेदवार तालिम लिनु पर्ने प्रावधान छ । जुन यहि मंसिर २६ गतेबाट २९ दिन काठमाडौँमा हुँदैछ । जुन उम्मेदवारीहरुले अनिवार्य लिनु पर्नेछ ।
    आगामी वर्ष २०१९ मा नेपाल जेसीजलाई नेतृत्व गर्नका लागि को को आउने छन् ? त्यो त चुनावी परिणामले दिनेछ । तर, जेसीजका निम्ति तन, मन र वचनले काम गर्दै आम युवाको नेतृत्व तथा व्यक्तित्व निर्माणसँगै उद्यामशिलताको विकासका निम्ति काम गर्ने उपाध्यक्षका प्रत्यासीहरुले साझा धारण व्यक्त गरेका छन् । उनीहरुले अबको नेपाल जेसीज ‘युवा उद्यमशीलता’ केन्द्रीत हुने पर्ने साझा धारणा राखेका छन् । यहाँ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका व्यक्तिहरुको जेसीज जीवन, सामाजिक योगदान र अबको लक्ष्यका बारेमा चर्चा गर्न जमर्काे गरेका छौँ ।
    ‘जेसीज एउटा खुल्ला प्लाटफर्म हो ।’ कुराकानीको सुरुवातीमै पाटन जेसीजका अध्यक्ष सुमन कृष्ण श्रेष्ठले आफ्नो तर्क राखे । ‘जहाँ सकारात्मक सोचका साथ समाज परिवर्तन गर्न सक्ने युवाहरुको जमात छ । जहाँ आफ्नो व्यक्तित्व र नेतृत्वको विकास हुन्छ । जुन युवा उद्यमशीलता बन्ने सोचले अघि बढेको छ । त्यहि युवालाई जेसीजमा उत्प्रेरित गराई व्यक्तित्व, नेतृत्व र उद्यमशीलताको विकास गर्दै लैजाने सोचका साथ नेपाल जेसीजमा उपाध्यक्षका लागि उम्मेदवारी दिएको छु ।’
    जेसीज यात्राको १४ वर्षपछि पाटन जेसीजको नेृतत्व गरेका श्रेष्ठ वर्ष २०१९ का लागि राष्ट्रिय उपाध्यक्षका प्रत्यासीका रुपमा आफुलाई अघि सारेका छन् । उनी जेसीजभित्र लामो समय विभिन्न तहमा रहेर काम गरेका अनुभवी र निखारिएका व्यक्तिको रुपमा रहेका छन् ।
    २००५ मा नारायणगढ जेसीजबाट सुरु भएको उनको यात्राले २०१८ मा पुग्दा पाटनमा नेतृत्व गर्ने सौभाग्य पाएका छन् ।
    नेपाल जेसीजका ट्रेनर समेत रहेका श्रेष्ठले नेपाल जेसीजबाट विभिन्न विधाका उत्कृष्ट अवार्डमा ह्याट्रिक गरेका छन् । २०११मा उत्कृष्ट जेसीज युवा अवार्ड, २०१२ मा उत्कृष्ट स्मारिका प्रकाशन अवार्ड र २०१६ मा उत्कृष्ट महासचिवको अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
    नारायणगढ जेसीजमा २००५ देखि २००९ सम्म साधारण सदस्य रहेर काम गरे । यस शाखामा रहेर उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, शाखा सम्पादक तथा नारायणगढ जेसीजले आथित्यता गरेका नेपाल जेसीजको ३८ औँ राष्ट्रिय महाधिवेशन २०११ को महासचिवको भूमिका निर्वाह गरे । पछि व्यवसायका कारण काठमाडौैँ जानु परे पनि उनले आफ्नो जेसीज जीवनमा पूर्णविराम लाग्न दिएनन् । त्यसलगत्तै २०१५ मा पाटन जेसीजको सदस्यता लिए । २०१६ मा पुन पाटनमा महासचिव भएका श्रेष्ठ कार्यकारीणी उपाध्यक्ष हुँदै २०१८ मा शाखाको नेतृत्व गरेका थिए ।
    द व्रिटिस कलेज काठमाडौँको हेड मार्केटिङ एण्ड कम्युनिकेशन रहेका श्रेष्ठ नेपाली पत्र अनलाइनको निर्देशक समेत हुन् ।

    नारायणगढ जेसीजका अध्यक्ष अर्जुन अधिकारी पनि उपाध्यक्ष पदका प्रर्वल दावेदारका रुपमा छन् । सन २००४ देखि शाखामा आबद्ध अधिकारीले भएका सबै पदको जिम्मेवारी बहन गर्दै वर्ष २०१८ मा अध्यक्षको नेतृत्व गर्ने अवसर पाउनु भएको थियो । सहसचिव, उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, थिम डाइरेक्टर, पिआरो, महाधिवेशन प्रर्वधन समितिको सदस्य, महासचिव, शाखा सम्पादक, कानुनी सल्लाहकार हुँदै उनले अध्यक्षको नेतृत्व गरेका हुन् । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को प्रदेश सदस्य समेत रहनु भएका अधिकारी रेडियो त्रिवेणी भरतपुर चितवनको स्टेशन म्यानेजर हुनुहुन्छ । पत्रकारिता पेशालाई अङ्गाल्नु भएका अधिकारी विभिन्न सामाजिक संस्थाको नेतृत्व सम्हालिसक्नु भएको छ । मानव अधिकारबादी संस्था एम्नेटष्टी इन्टर नेश्नल नेपालको पूर्व केन्द्रीय सदस्य समेत रहनु भएका अधिकारीले नेपाल जेसीजमा युवाहरुलाई उत्साहका साथ जिम्मेवारी दिँदै उत्प्रेरित बनाएर लैजाने बताउनु भयो ।
    यता काठमाडौँ जेसीजकी अध्यक्ष इनु थापाले पनि राष्ट्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएकी छिन् । राजधानीमा रहेको यस शाखाको ४९ वर्षको इतिहासमा पहिलो महिला अध्यक्ष हुने सौभाग्य पाउनु भएकी थापाले शाखालाई नै पहिलो उत्कृष्ट शाखा बनाउन सफल बनेकी थिइन् । अध्यक्ष थापा पेशाले फेशन डिजाइनर र पर्यटन व्यवसायी हुन् । जेसीजमा महिलाहरुको पनि उत्तिकै भूमिका रहने र जेसीजमा आबद्ध महिलाहरु पनि सक्षम छन् भन्ने उदाहरण पेश गर्न आफुले उपाध्यक्षको उम्मेदवारी दिएको बताइन् । २०११ सालबाट जेसीज यात्रामा होमिएकी थापा त्यस यता निरन्तर विभिन्न पदमा रहेर कुशल नेतृत्व गरिसकेकी छिन् ।

    अर्जुनधारा जेसीजका अध्यक्ष अजयकुमार देव तिनै उम्मेदवार मध्येका एक प्रतिस्पर्धी उम्मेदवार हुन् । जसले क्षेत्र ‘क’ बाट एक्लो प्रतिनिधि गर्दैछन् ।
    २०१२ मा स्थापना भएको अर्जुनधारा जेसीजका संस्थापक मध्येका एक देव यस क्षेत्रका सफल युवा व्यवसायीका रुपमा परिचित छन् । फजल इन्टरनेश्नल प्रालि, मेची कन्सट्रक्सन प्रालि, मिलनसार बचत तथा ऋण सहकारीका उपाध्यक्ष, कनकाइ रबर ट्रेसका सञ्चालक, अर्जुनधारा नगरपालिका अन्तरगत रहेको सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य, अर्जुनधारा डाइगोन्क्सि सेन्टरका सञ्चालक सदस्यलगायतका थुप्रै सामाजिक तथा व्यवसाय क्षेत्रमा क्रियाशिल देवले यस क्षेत्रका थुप्रै युावहरुलाई रोजगारी दिएका छन् ।
    सबै साथी भाइहरुको सहयोग र साथले आफुले उम्मेदवारी दिएको उनले बताए । आगामी दिनमा नेपाल जेसीजलाई थप उचाइमा पुर्याउन आफुले जानेको सीपलाई यहाँ गएर सदुपयोग गर्ने देवले बताए । उनले जेसीजमा निर्वाचित भएपछि युवाहरुलाई व्यवसाय क्षेत्रमा उत्साहित बनाउने रणनीतिका साथ अघि बढ्ने बताए ।
    भकुण्डेबेसी जेसीजकी अध्यक्ष रुकमणी सिग्देलको पनि राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी परेको छ । २०११ मा जेसीज अभियानमा लागेकी उनी उपाध्यक्ष, महासचिव, कार्यकारीणी उपाध्यक्ष, तालिम संयोजक, जनसम्पर्क अधिकारी हुँदै २०१८ मा अध्यक्ष बनेकी सिग्देलले आफ्नो कार्यकालमा अप्रिल महिनामा क्षेत्र ‘ग’ को उत्कृष्ट शाखाका रुपमा अवार्ड समेत दिलाउन सफल भइन् । २०१४ देखि विभिन्न कन्फ्रेन्स, महाधिवेशन एकाडेमी तथा यसै वर्ष गोवामा भएको जेसीआइ वर्ड कंग्रेसमा सहभागि भएकी उनी नेपाल जेसीजबाट टर्ट ट्रेनिङ र एकाडेमीबाट दिक्षित प्राप्त हुन् । सरल स्वभाव, स्पष्ट वक्ता सिग्देल पेशाले व्यवसायी हुन् । युवाहरुलाई उद्यमशिलताका लागि उत्प्रेरीत गर्दै आम युवाहरुलाई जेसीजप्रति आकर्षसित गराउने लक्ष्य रहेको बताइन् । स्पष्ट वक्ता, निडर महिला र हक्कि स्वभावकी सिग्देल पेशाले व्यवसायी हुन् । परिवार, समाज र जेसीजलाई सँगै लिएर अघि बढेकी उनी यस क्षेत्रका क्रियाशिल महिलाहरु मध्येकी एक हुन् । जसले हरेक सामाजिक संघ संस्थाा प्रतिनिधित्व गर्दै नेपाल जेसीजको यात्रालाई निरन्तरता दिएकी छिन् । सक्रिय, सिर्जनशिल, गतिशील र सकारात्मक परिवर्तनको बिम्ब सिग्देल जेसीआइबाट सिनेटर प्राप्त गरेकी छिन् ।

    यसैगरी, सिद्धार्थ जेसीजका वर्ष २०१८ का डाइनेमिक लिडर कमल भण्डारी गतिशिल र संयोजनकारी भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा पर्छन् । स्पष्ट वक्ता तथा निडर स्वभावका भण्डारी पनि उपाध्यक्षको दौडमा रहेका छन् । नेपाल जेसीजलाई थप गतिशिल र उचाइमा पुर्याउने लक्ष्य नेपाल जेसीजको यात्रालाई अघि बढाउने अभियानमा आएका छन् । उनी भैरहवा क्षेत्रका सफल युवा व्यवसायी उनी विभिन्न व्यवसायमा सफल र सक्रिया युवाका रुपमा स्थापित भएका छन् । भण्डारी होटल, इलोक्ट्रोनिक्सलगायतका व्यवसायमा आबद्ध छन् । लामो समयदेखि सिद्धार्थ जेसीजमा आबद्ध उनी वर्ष २०१८ का सफल अध्यक्षका रुपमा समेत स्थापित बनेका छन् । वर्ष २०१७ मा उत्कृष्ट र सफल राष्ट्रिय महाधिवेशन गरेको सिद्धार्थले यो वर्ष नेपाल जेसीजमा प्रतिनिधित्व गर्ने तयारी गरेको छ ।

    यसैगरी, पर्सा खैरेनी जेसीजका अध्यक्ष अमृत मल्लको पनि राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी परेको छ । ‘सकारात्मक सोचले मात्र सकारात्मक परिवर्तन आउन सक्छ’ भन्ने मान्यता लिएका मल्ल २०१३ बाट जेसीज यात्रामा प्रवेश गरेका थिए । सन २०१४ पर्सा खैरेनीको निर्देशक, २०१५ उपाध्यक्ष, २०१८ कार्यकारीणी, २०१७ महासचिव हुँदै यस वर्ष अध्यक्षको कुशल नेतृत्व गरेका व्यक्ति हुन् ।
    युवाहरुलाई सहकार्य थप अघि बढाउन र नेपाल जेसीजको गरिमा र आदर्शलाई थप उचाइमा पु¥याउनु देशभर छरिएर रहेका जेसीज यूवा मनहरुलाई जोड्ने महाअभियानमा हातेमालो गर्न थप जिम्मेवारी र कर्तव्य बोधका साथ नेपाल जेसीजको बर्ष २०१९ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताए । मल्ल पेशाले शिक्षक तथा शिक्षण संस्था सञ्चालक हुन् । उनी मदरल्याण्ड एकाडेमीको सञ्चालक तथा प्रिन्सिपल हुन भने भुवानीशंकर बहुमुखी कलेजको प्रध्यापक समेत हुन् । यसैगरी, लायन्स क्लव अफ चितवन स्टारको सँस्थापक अध्यक्ष, मगनी टोल सुधार समितीको सचिव, जिल्ला प्यावसन चितवनको जिल्ला सदस्य, मावि बर्महानगर पूर्व बिद्यार्थी समाजको अध्यक्ष पदमा रहेर कुशल नेतृत्व गरेको अनुभव छ ।

    नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षका अर्का प्रत्यासीका रुपमा पश्चिम नेपालमा रहेको कोहोलपुर जेसीजका निवर्तमान अध्यक्ष प्रकाश लामिछानेको पनि उम्मेदवारी परेको छ । २०१२ देखि जेसीज अभियानमा लागेको लामिछाने वर्ष २०१७ लाई सफलताका साथ कोहोलपुर जेसीजको नेतृत्व गरिसकेका छन् । अघिल्लो वर्ष नै उपाध्यक्षमा जाने तयारी गरता पनि सबै साथीहरुलाई मिलाएर लैजानका लागि उनले एक वर्षको समय कुर्नु परेको थियो । २०१३ सालमा कोहोलपुर जेसीजको स्वास्थ्य संयोजक, २०१४ मा उपाध्यक्ष, २०१५ मा कार्यकारीणी उपाध्यक्ष, २०१६ मा कानुनी सल्लाहकार हुँदै २०१७ मा अध्यक्षको जिम्मेवारी बहन गरेका थिए । जेसीज बाहेक उनी बाँके जिल्लाका विभिन्न संघ संस्थामा रहेर आफ्नो जिम्मेवारी बहन गरेका छन् । लामिछानेले कोहोलपुर कपडा व्यवसायीको सदस्य, कोहोलपुर सिट िक्लबको उपाध्यक्ष, बाँके जिल्ला तेक्वान्दो संघका महासचिव, कोहोलपुर रेडक्रसको आजीवन सदस्य तथा कर्मचारी संघको केन्द्रीय उपाध्यक्षमा रहेर नेतृत्व गरेका छन् ।
    पेशाले स्वास्थ्यकर्मी रहेका लामिछाने नेपालगञ्ज मेडीकल कलेजमा विगत १५ वर्षदेखि प्राविधिकको रुपमा कार्यरत छन् । उनी कपडा व्यवसायी समेत हुन् । लामिछानेले नेपाल जेसीजले हाल गरिरहेका युवा लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै समाजमा युवालाई नेतृत्व र व्यक्तित्व विकास गर्दै उद्यमी बनाउने लक्ष्यका साथ नेपाल जेसीजमा प्रतिनिधित्व गर्न लागेको बताए ।

    यता दिनेश बोहोरा पश्चिम नेपालको प्रतिनिधित्व गर्दै अतरिया जेसीजबाट राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । २०११ सालमा स्थापना भएको अतरिया जेसीजमा २०१२ देखि प्रवेश गरेका बोहोराले २०१२ मा वातावरण संयोजक, २०१४ मा कार्यकारीणी उपाध्यक्ष, २०१५ मा कानुनी सल्लाहकार, २०१६ मा महासचिव हुँदै २०१७ मा शाखा अध्यक्षको जिम्मेवारी बहन गरेका थिए । वर्ष २०१८मा नेपाल जेसीजका लागि नेश्नल विज्नेस कम्युनिटिको चेयरपर्शनको जिम्मेवारी बहन गरेका बाहोराले २०१९ का लागि उपाधयक्षमा उम्मेवारी दिएका हुन् ।
    पेशाले माछापुच्छे्र बैंकको कर्मचारी रहेका बोहोरा लाइन्स क्लब अफ अतरियाका सिटीको कोषाध्यक्ष समेत हुन् । उनले राष्ट्रिय उपाध्यक्ष भएर जाँदै गर्दा युवाहरुलाई एकत्रित गर्दै युवाहरूको व्यवसयिकता विकास को क्षेत्रमा काम गर्ने बताएका छन् ।
    यता त्रिभूवननगर जेसीज दाङका अध्यक्ष लालमणी भण्डारी जेसीजका अलवा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर कुशल नेतृत्व सम्हालेका छन् । सन २०१३ मा त्रिभूवन नगर जेसीजमा आबद्ध भएका भण्डारी शाखाका विभिन्न पदहरुको जिम्मेवारी बहन गर्दै वर्ष २०१८ मा अध्यक्ष बनेका थिए । हार्डवयेर व्यवसायी संघ दाङको निर्वतमान अध्यक्ष, राप्ति साहित्य परिषदको सदस्य, रोटरी क्लब दाङको सदस्य, नेपाल रेडक्रस सोसाइटी दाङको सदस्य लगायतका क्षेत्रमा क्रियाशिल छन् । हार्डवेयर व्यवसायी भण्डारीले पश्चिमका विभिन्न जिल्लामा आफ्नो व्यवसायलाई विस्तार गरेका छन् ।
    नेपाल जेसीजसँग आबद्ध सम्पूर्ण युवाहरुलाई सहकार्य गर्दै युवाहरुलाई उद्यमशिलतातर्फ उन्मुख बनाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको भण्डारीले बताए । युवा आर्थिक रुपमा सक्षम भए समृद्ध समाज निर्माण हुने बताउँदै भण्डारीले यसैलाई पुरा गर्दै नेपाल जेसीजलाई थप सहकार्य गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।
    यसैगरी, रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाई पनि जेसीज यात्रामा सफल युवाभित्र पर्छन् । जेसीज यात्राको छोटो अवधीमै शाखा अध्यक्षको जिम्मेवारी पाएका चापागाईले आफ्नो शाखालाई मार्च र सेक्टेम्बर महिनामा २ पटक नेपाल जेसीजबाट उत्कृष्ट शाखा बनाउन सफल बने । साथै सुनवल नगरपालिकाबाट पनि उत्कृष्ट सामाजिक संस्थाको रुपमा पुरस्कृत बनेको थियो ।
    न्यू लाइफ कलेज बर्दघाट, दाउन्नेदेवी बहुमुखी क्याम्पस, दाउन्नेदेवी माध्यमिक विद्यालयमा प्रोफेसर तथा शिक्षक पेशामा आबद्ध चापागाई सालिन स्वभावका सरल व्यक्ति हुन् ।
    हंसिलो मुहार, सकारत्मक सोचका धनी नवलपुर जेसीजका वर्ष २०१७ का अध्यक्ष कृष्णप्रसाद अर्यालले पनि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । २०१३ मा नवलपुर जेसीजको सदस्यता लिएका अर्याल त्यसयता निरन्तर जेसीज अभियानम सक्रिय छन् । २०१३ मा शाखा सदस्यता बृद्धि संयोजक, २०१४ मा उपाध्यक्ष, २०१५ मा कार्यकारीणी उपाध्यक्ष, २०१६ मा अध्यक्ष सल्लाहकार हुँदै २०१७ मा नवलपुर जेसीजको नेतृत्व गरेका थिए । अर्यालले नेतृत्व गरेको नवलपुर शाखा २०१७ मा नेपाल जेसीजबाट उत्कृष्ट शाखाको अवार्ड प्राप्त गरेको थियो । युवाहरुलाई सकारात्मक सोचका साथ उद्यमशिलतामा केन्द्रीत गर्दै आम युवाहरुलाई जेसीज अभियानमा लाग्न उत्प्रेरित गराउने लक्ष्य रहेको अर्यालले बताए ।

    यसैगरी, राष्ट्रिय उपाध्यक्षका उम्मेदवारहरुमा पोखरा जेसीजका शिव सुवेदी, बसामाडी जेसीजका हरिकुमार शर्मा, थानकोट जेसीजका मोहनलाल डाँगी, गोदावरी जेसीजका आषिश शर्मा, धापसी सुशिल बुढाथोकी, गैढाकोट जेसीजका गोकुल सापकोटा, कपन जेसीजका झनकबहादुर अधिकारी, कलइया जेसीजका रामनिवास कुश्वाह, चन्द्रनिगापुर सिटी जेसीजका अनन्तकुमार अधिकारी, रामग्राम जेसीजका सञ्जयकुमार पाठक र टिकापुर जेसीजका लालकेश जैसी पनि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवारका रुपमा रहेका छन् । स्मरण रहोस् ःबारम्बारको सुचनामा पनि विस्तृत विवरण नआएका कारण यहाँ समावेश गर्न असमर्थ भएका छौँ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…