झापा । कान्तिपुरककर्मी पर्वत पोर्तेल ‘मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार’ वाट सम्मानित भएका छन् ।
७० औ विश्व मानव अधिकार दिवसको अवसरमा सोमवार इलाममा आयोजित कार्यक्रममा प्रदेश सांसद राम वहादुर रानाले ¬उक्त पुरस्कार प्रदान गरेका थिए । यो पुरस्कार मानव अधिकार मञ्च इलामले स्थापना गरेको हो । पत्रकारिताको माध्यमवाट मानव अधिकारको प्रवद्र्धन र सम्वद्र्धनमा भूमिका निर्वाह गर्ने प्रदेश १ का पत्रकारलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । १० हजार नगद राशीको यो पुरस्कार यसअघि यज्ञ शर्मा, चन्द्र भण्डारी, सटेन्द्र जवेगु र कोकिला ढकालले प्राप्त गरिसकेका छन् ।