एपीवान टेलिभिजनबाट प्रशारित चर्चित रियालिटी शो नेपाल आईडलको टप फाईभमा पुग्न सफल रुपन्देहीका अमित बराल र गायक पुष्पन प्रधानलाई आज गृह नगर सैनामैना ४ मुर्गियामा भव्य स्वागत गरिएको छ ।
दिउँसो भैरहवा एयरपोर्टबाट गृह जिल्ला ओर्लिएका अमित र पुष्पनको स्वागत एवम् सम्मानका लागि विमानस्थलमै बाजागाजा सहितको टोलीको उपस्थिति रहेको थियो । अमितले सैनामैनामा स्वागत एवम् सम्मानका लागि उपस्थिति दर्शकमाझ पनि आफुलाई टप फाईभमा पुर्याउन सहयोग गरेकोमा सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी गायक पुष्पन प्रधानले अमितको स्वरको प्रंशसा गरे ।
यसैबिच अमित र पुष्पनका लागि मंगलबार बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । भोली दिउँसो ३ बजेदेखी पर्रोहा माविको अगाडिको खेल मैदानमा कार्यक्रम हुनेछ ।