• अर्जुन जम्नेली राई

    काठमाडौ । सरकारले कटौती गरेको आदिवासी जन्य चाडपर्व पुनस्थापनाको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले धर्णा लगाएको आन्दोलन घोषणा गरेको छ । महासंघ केन्द्रीय समितिले आज (मंसिर २५)रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो ।

    केपी ओलिको नेतृत्वमा गठन भएको सरकारले किरातीहरुको उभैली उधौली (साकेला, चासोक), ल्होछार, माघी, माघे संङ्क्रान्ती लगायतको चाडमा दिइन्दै आएको बिदा कटौती गरेको थियो । बिदा कटौतीको निर्णयहुने साथ आदिवासी जन्य संगठनहरुले विरोध जनाउदै आएको थियो । कटौती भएको बिदा पुन स्थापनाको माग गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो ।

    कार्यक्रम अनुसार पत्रकार सम्मेलन, प्रधानमन्त्री केपी ओलि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई ध्यान आकर्षण पत्र बुझाउने कार्यक्रम सार्बजनिक गरेका छ्न । सरकार तथा दलका नेताहरुसंग भेटीसकेर पुस ४ गते काठमाडौको माइतिघार, सात वटै प्रदेशको मुख्यमन्त्रीको कार्यालय अगाडि र ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडी धर्णा दिने कार्यक्रम घोषणा भएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष जगत बराम, उपाध्यक्ष नवीन रोका मगर, जातीय संस्थाको अध्यक्षहरु उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…