• राजघाट  । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालका मन्दिर भित्र रहेका मुर्ति जोगाउन नसक्नेले धर्म जोगाउन नसक्ने बताएका छन् ।उनले धर्म, जात, वर्ग, लिङ्गका आधारमा जनतालाई लडाएर धर्मको रक्षा नहुने बताए ।
    थापाले मङ्गलबार मोरङको दुर्गाबारी बजारमा नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिद्वारा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अब सरकारको आलोचना कांङ्ग्रेसले गर्नु नपर्ने बताए ।

    चुनाव जितेर सिंहदरवारको तातो कुर्सीमा बस्ने एक मात्र उदेश्यले नेकपा माओवादी र एमालेबीच एकीकरण भएको थापाले आरोप लगाए । उनले यो एकीकरण लामो समय नटिक्ने बताउँदै सरकार र पार्टीका नेता बीच सुरु भएको आरोप प्रत्यारोपले त्यही सङ्केत गरिरहेको दाबी गरे । लोभीपापीहरू मिलेर एकीकरण भयो यो दीर्घकालिक हुँदैन ,थापाको भनाई थियो ।अब सरकारको आलोचना नारायण काजी श्रेष्ठ,झलनाथ खनाल,माधवकुमार नेपाल र भीमबहादुर रावलले गर्ने उल्लेख गर्दै थापाले भने–सरकारमा बस्दा असल ब्यवहार देखाउने तत्कालीन एमालेका नेताहरू सरकारबाट बाहिर हुना साथ बरालिन थाल्छ । यो पुरानै रोग हो ।
    काङ्ग्रेस हार्ने बुझ्दा बुझ्दै पनि देशलाई हार्न नदिन काङ्ग्रेसले २०७४ मा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गराएको उल्लेख गर्दै नेता थापाले निर्वाचन हार्दा काङ्ग्रेस हारे पनि निर्वाचन हुँदा देशले जितेको बताउनु भयो ।सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै दुई तिहाईको बलले बनेको सरकार आफ्नै कारण कमजोर हुने थापाको धारणा थियो । योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम काङ्ग्रेस सरकारको पालामा सुरु भएको बताउँदै उनले करोडौं खर्च गरेर पोल पोलमा सरकार देखाउनु लज्जाको विषय भएको बताए ।

    नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं। १ का क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले सर्वहाराको नारा दिने कम्युनिष्टहरू खोल ओढेर घ्यु खान थालेको बताए ।
    उनले कम्युनिष्टहरू सर्बहारा गरिव र विपन्न हुन्छन् भन्दै गरिव सुकुम्वासीका मत बटुल्नेहरू अहिले राता रात सम्पति कमाउने प्रतिस्पर्धामा रहेको बताए ।उनले भने – भाषणमा विपन्नलाई उराल्ने र ब्यबहारमा सम्पति कमाउनेहरू कम्युनिष्ट हुँदैनन ।

    https://www.youtube.com/watch?v=duVjURUh9Ro&t=7s

    नेपाल महिला सङ्घ मोरङ १ का क्षेत्रीय सभापति गोमा नेपालले महिला दिदी बहिनीलाई सुरक्षा दिन नसक्ने सरकारले समृद्धिका कुरा गर्न नसुहाउने बताइन । उनले निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्ने सरकारले मुलुकको विकास गर्न नसक्ने उल्लेख गरिन ।
    नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिका सभापति वीरबल थापाको सभापतित्वमा भएको सभामा नेपाली कांङ्ग्रेस मोरङका पूर्व सचिव बाबुराजा ओझाले पनि बोल्नु भएके थियो ।
    सभामा तत्कालिन नेकपा माओवादी र नेकपा एमालेका ७७ जना पार्टीका सदस्यहरू सहित २ सयजना जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । काङ्ग्रेस प्रवेश गर्नेहरूलाई प्रमुख अतिथि गगन थापा र विशिष्ट अतिथि क्षेत्रीय सभापति खड्ग फागोले फूल माला लगाएर स्वागत गरे । अन्य पार्टी परित्याग गरी करिब २ सयजना काङ्ग्रेसमा प्रवेश गरेको नगर सचिव राजु लामाले बताए ।

    रतुवामाई खबरका सम्पादक तथा प्रकाशक खड्ग वेदना ठटाल मङ्गलबार नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । उनलाई काङ्ग्रेस केन्द्रीय सदस्य गगन थापा र क्षेत्रीय सभापति खड्ग फागोले माला र अविर लगाएर पार्टीमा स्वागत गरे। लामो समय वाम राजनीतिमा क्रियाशील वेदनाले बामपन्थीले दुई तिहाईको सरकार बनाउँदा पनि विपन्न र गरिवको मुक्तिका लागि माखो मार्न नसकेको प्रतिक्रिया दिए ।

    https://www.youtube.com/watch?v=rRrqOTvqDFM

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…