• देबु बानियाँ

    झापा । लम्की महिला जेसीजको नव निर्मित भवनको मंगलवार उद्घाटन भएको गरिएको छ । नेपाल जेसीजका वर्ष २०१२ का राष्ट्रिय अध्यक्ष तेजशंकर भट्टले रिवन काटेर नवनिर्मित भवनको उद्घाटन गर्नु भएको थियो । भवन उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि भट्टले छोटो समयमा लम्की महिला जेसीजले जेसीज अभियानमा उदाहरणीय कार्य गर्न सफल भएको बताउनु भयो । उहाँले महिलाहरुले पनि यो समाजका लागि केही गर्न सक्छन भन्ने उदाहरण लम्की महिला जेसीजले प्रस्तुत गरेको बताउँदै आगामी दिनमा समेत जेसीज अभियानलाई थप उचाइमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो । ५ धुर जग्गामा करिब १५ लाखको लागतमा निर्माण भएको उक्त भवनमा २ वटा कोठा र एउटा हल रहेको छ । जसमा सचिवालयको कार्यालय र विभिन्न कार्यक्रमका लागि हलको व्यवस्थापन भएको छ । २०१३ सालमा निर्माण भएको यो शाखाले ५ वर्षको अवधीमा सुविधासम्पन्न हल निर्माण गर्न सफल भएको छ । भवन निर्माण समितिको संयोजकमा शाखाकी संस्थापक अध्यक्ष सुशिला शाही रहनु भएको थियो । सोही समारोहको अवसर पारेर शाखालाई भवन निर्माणका लागि सहयोग गर्ने ६० जना विभिन्न दाताहरुलाई सम्मान गरिएको थियो ।

    वर्ष २०१८ की अध्यक्ष देवकी कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा विषेश अतिथिहरु बहुनिया जेसीजका संस्थापक अध्यक्ष लिलाजंग शाही, लम्की संस्थापक अध्यक्ष सुशिला शाही, लम्की जेसीजका संस्थापक अध्यक्ष सिनेटर हेमन्तकुमार बस्नेत, टिकापुर जेसीजका संस्थापक अध्यक्ष डाक्टर जगतबहादुर सिंह रावल, बहुनिया जेसीजका अध्यक्ष जनक विष्ट, निवर्तमान अध्यक्ष कृष्ण विष्ट, लम्की जेसीजका अध्यक्ष रामबहादुर बोगटी, लम्की जेसीजका पूर्व अध्यक्ष खडानन्द सापकोटालगायतको सहभागिता रहेको थियो ।  कानुनी सल्लाहकार इशरा थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारीणी उपाध्यक्ष दुर्गा गुरुङले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…