• झापा । नेपाल जेसीजको महाधिवेशनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रशिक्षण आजदेखि काठमाडौँमा सुरु भएको छ ।
    पुष ७ गतेबाट जनकपुरमा हुने महाधिवेशनका लागि विभिन्न पदमा लागि ३९ जनाले यस अघि नै नेपाल जेसीजमा उम्मेदवारी दर्ता गरएका थिए । नेपाल जेसीजले आयोजना गरेको तालिममा अध्यक्षका प्रत्यासी ४ जना, कार्यकारीणीका प्रत्यासी ९ जना र उपाध्यक्षका प्रत्यासी २३ जना सहभागि भएका छन् । यस अघि नेपाल जेसीजमा अध्यक्षका लागि उम्मेदवारी दिएका प्रर्वल दावेदार मानिएका बीसहजार जेसीजका अरुणेश्वर खनाल र जनकपुर जेसीजका मनिषरमण शाह अनुपस्थिति रहे । यसैगरी कार्यकारीणीमा उम्मेदवारी दिएका दुहवी जेसीजका सन्तोष रौनियार पनि तालिममा सहभागि भएका छैनन् ।
    जेसीजको विधान अनुसार महाधिवेनशनको चुनावी प्रक्रियामा जानका लागि यो तालिम अनिवार्य लिनु पर्ने हुन्छ । यदि सहभागि नभएमा स्वत उम्मेदवारी खारेज हुनेछ ।
    अब अध्यक्षका लागि ४ जनाको प्रतिस्पर्धा हुने देखिन्छ । जसमा इटहरी जेसीजका महेश पौडेल, पथरी जेसीजका अशोक शंकर, बागलुङ जेसीजका सुदिप राजभण्डारी र काभ्रे विकास मानन्धरबीच प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ ।
    यसैगरी, यसैगरी कार्यकारीणी उपाध्यक्षमा श्याम सुन्दर घिमिरे ( मिलन) (विराटनगर जेसीज), अमिश ढकाल (गछिया जेसीज), अनिलबहादुर शाही (कर्णाली जेसीज), अत्युल प्रसाई (बुधवारे जेसीज), रविन पोखरेल (नुवाकोट जेसीज), मञ्जरी घिमिरे (टङ्की सुनवरी जेसीज), रमेशचन्द्र भुषाल (कपिलवस्तु भुषाल), हेमराज खनाल (कोहोलपुर जेसीज), राजेन्द्र घिमिरे (बुटवल जेसीज) सहभागि भएका छन्
    यता राष्ट्रिय उपाध्यक्षमा भने २३ जनाको उम्मेदवारी परेकोमा सबै सहभागि छन् । जसमा अजयकुमार देव (अर्जुनधारा) लालमणि भण्डारी (त्रिभूवननगर), कमल भण्डारी(सिदार्थनगर), भोजराज चापागाई (रामनगर), कृणप्रसाद अर्याल(नवलपुर), इनु थापा(काठमाडौँ), प्रकाश लामिछाने (कोहोलपुर),रुकमणि सिग्देल (भकुण्डेबेसी), हरिकुमार शर्मा (बसामाडी), मोहनलाल डाँगी( थानकोट), अमृत मल्ल (पर्सा खैरेनी),आषिश शर्मा(गोदावरी), सुशिल बुढाथोकी(धापासी), गोकुल सापकोटा (गैढाकोट), अर्जुन अधिकारी (नारायणगढ), झनकबहादुर अधिकारी(कपन), समुनकृष्ण श्रेष्ठ (पाटन), रामनिवास कुश्वाह (कलइया), दिपेश बोहोरा (अतरिया), शिव सुवेदी(पोखरा), अनन्तकुमार अधिकारी (चन्द्रनिगापुर), सञ्जयकुमार पाठक (रामग्राम), लालकेश जैसी(टिकापुर), रहेका छन् ।

    सहभागिलाई नेपाल जेसीजका पूर्व अध्यक्षहरु राजेन्द्रबहादुर श्रेष्ठ विकल सेरचन, उत्तर चापागाई, राजविमल श्रेष्ठ र नेपाल जेसीजका प्रशिक्षक
    राजाबाबु शाहले २९ गते सम्म प्रशिक्षण गराउने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…