• झापा । नेपाल जेसीजको जनकपुरमा हुन लागेको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि बुधवार साँझसम्ममा ६८ वटा शाखाका ७ सय बढीले शाखा रजिष्ट्रेशन गरेका छन् ।
    जनकपुर जेसीजको आथित्यतामा यहि पुष ७ गतेबाट हुने महाधिवेशनका लागि धमाधम करिब आधा शाखाहरुले रजिष्ट्रेशन गरिसकेका छन् । नेपाल जेसीजका देशभर १ सय ४२ वटा शाखा रहेका छन् । आथित्यता शाखा जनकपुरले बैंकिङ सिस्टमबाट ६ महिना अघिबाट रजिष्ट्रेशन खुल्ला गरेको थियो ।
    हालसम्मा रजिष्ट्रेशन भएका शाखाहरुका लागि होटलको व्यवस्थापन भइसकेको आवास व्यवस्थापन समितिका संयोजक शंकर शाहले बताउनु भयो ।
    बेलैमा शाखा रजिष्ट्रेशन गरेमा होटलको नाम र होटलको कोठा नम्बरसहित सम्बन्धित शाखालाई उपलब्ध गराउँदै आएको संयोजक शाहले बताउनु भयो ।
    रजिष्टे«शनका लागि आथित्यता शाखाले राष्टिय बाणिज्य बैक र मेगा बैंकमा रकम जम्मा गर्ने व्यवस्था गरेको छ । राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नका लागि खाता नम्बर १२२०००६६७००१ र मेगा बैंकमा जम्मा गर्ने शाखाका लागि खाता नम्बर ०२६००१०१२६४०४ रहेको संयोजक शाहले बताउने भयो ।
    ६ महिनादेखि खुल्ला गरिएको बैकिङ रजिष्ट्रेशन पुस १ गतेसम्म खुल्ला रहने आथित्य शाखाका निवर्तमान अध्यक्ष सुदिप कोइरालाले बताउनु भयो । उहाँका अनुसार त्यसपछिका दिनमा शाखाहरुले जनकपुरमै आएर रजिष्ट्रेशन गर्नु पर्नेछ । यसले गर्दा पनि सहज बनाउनका लागि छिट्टै शाखा रजिष्ट्रेशन गर्न निवर्तमान अध्यक्ष कोइरालाले आग्रह गर्नु भयो । महाधिवेशनका लागि सबै भन्दा धेरै इटहरी जेसीजबाट ५० जनाले रजिष्ट्रेशन गरेको छ भने वीरता जेसीजले सबै भन्दा पहिले रजिष्ट्रेशन गरेको थियो ।
















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…