काठमाडौं । धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् । बाबुछोरा तुइनछेउमै बस्छन् ।
तुइनको घिर्नीले च्यापेर सुकबहादुरका हातका दशवटै औँला बांगिएका छन् । तैपनि, रोजगारीको सवाल भएकाले तुइनमा काम गर्न पाइयोस् भन्नेमा छन् ।
हातले तुइन सार्दा बारम्बार फलामको टुक्राले काट्ने गरेको उनी बताउँछन् । फलामका टुक्राले धेरैपटक हात काटेको छ, जाडोमा त धेरै दुख्छ । तस्विार सहित खबर नयाँ पत्रिकाबाट ।