• झापा । देवदह युथ आइकन–२०१८ को उपाधि सगरमाथा आवसीय उमावि खगेन्द्र चापागाईले कब्जा गरेका छन् । देवदह जेसीजले आयोजना गरेको आइकनको फाइनल प्रतियोगितामा ४७ जना प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा १२ मा अध्ययनरत चापागाई आइकनको च्याम्पियन बनेका हुन् । । उापधीसँगै चापागाईले नगद १० हजार, शिल्ड र प्रमाण पत्र हात परेका छन् ।
    यस्तै फस्ट रनरअप महामाया भावानी माविकी सविता अधिकारी भएकी छन । उनले नगद ७ हजार शिल्ड र प्रमाण पत्र पाइन् ।
    देवदह नगरपालिका क्षेत्रमा रहेका ११ वटा मावि विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट विचमा मंसिर १९, २० र २१गते प्रि–अडिसन राउण्ड सम्पन्न गरेको थियो ।
    यस क्षेत्रमा रहेका विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उदेश्यले गरिएको प्रतियोगितामा हरेक क्षेत्रमा अब्बल भएका विदार्थीले उपाधी हात पारेका हुन् । ११ वटा विद्यालयबाट छानिएका ४७ जना विद्यार्थीहरुलाई २३, २४ र २५ गते तिन दिन सम्म विभिन्न विधामा तालिम समेत प्रदान गरिएको थियो । प्रतियोगिताको मुख्य प्रशिक्षकको रुपमा रमेश अर्याल रहुन भएको थियो ।
    । देदेवदह जेसीजका अध्यक्ष जेसी विष्णु न्यौपानेको अध्यक्षता र देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


    समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख खत्रीले देवदह युथ आइकन जस्तो रचनात्मक कार्यक्रममा गरेकोमा देवदह जेसीजलाई धन्यवाद दिदै यस्ता कार्य क्रममा आफनो तथा नगरपालिकाको सदैव साथ र सहयोग रहने बताए । विद्यार्थीहरुको चौतर्फि विकास गर्नका लागि आफुहरुले देवदह युथ आइकन आयोजना गरेको देवदह जेसीजका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिनु भयो ।
    उहाँले विद्यार्थीहरुलाई सकरात्मक बाटोमा लाग्न र उनीहरुलाई आफनो जिम्मेवारी बोध गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने उनले बताउनु भयो ।

    कार्यक्रममा विषेश नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह जेसीजका संस्थापक अध्यक्ष एवम नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेटर विजय गुरुङ, युगिन साहित्य समाजका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, फोनिक्स नेटवर्कका अध्यक्ष मिन भट्टराई, अध्यक्ष सल्लाहकार सुरेन्द्र अधिकारी बोलेका थिए । देवदह जेसीजका महासचिव केशव अधिकारी र प्रमुख प्रशिक्षक रमेश अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…