झापा । शुक्लागण्डकीको जेसीज सप्ताह कार्यक्रम विहिबार देखि शुरु भएको छ । शुक्लागण्डकी ४ दुलेगौँडामा रक्तदान कार्यक्रम सहित सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको हो । पोखरा रक्त सेवा केन्द्र पोखराको प्राविधक सहयोगमा भएको रक्तदान कार्यक्रममा १ महिला सहित २६ जना रक्तदाताबाट २६ युनिट रगत संकलन भएको छ। । सो रक्तदानमा सञ्चारकर्मी सन्तोषी श्रेष्ठले दोस्रो पटक रक्तदान गर्नु भएको थियो ।
यस अघि शुक्लागण्डकी नगरपालिका वडा नं ४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा श्रेष्ठले युवाहरु सामाजिक क्षेत्रमा सक्रिय भएर लाग्नु सकारात्मक विषय भएको बताउनु भयो ।
जेसीजले स्थानिय स्तरमा गरेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा सेवाभाव लिएर अझै सक्रिय भएर लाग्न सुझाव दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले युवाहरु स्वाबलम्बी बनेर आर्थिक विकासको अभियानमा जुट्नु पर्ने बताउनु भयो । ।
कार्यक्रममा शुक्लागण्डकी जेसीजका पुर्व अध्यक्ष श्रीराम अधिकारी, व्यवसायी डिल बहादुर श्रेष्ठ , लेखनाथ जेसीजका अध्यक्ष शालिकराम ओझा ,पोखरा जेसीजका अध्यक्ष शिव सुवेदी ,पोखरा लेडिज जेसीजकी अध्यक्ष सन्तु पौडेल लगायतले बोलेका थिए ।
शुक्लागण्डकी जेसीजका अध्यक्ष दुर्गा सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारणी उपाध्यक्ष मदन श्रेष्ठले स्वागत र सचिव मनिष श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए ।
जेसीजले सप्ताहन्त कार्यक्रम अन्र्तगत शुक्रबार विहान जि.पि कोइराला राष्ट्रिय श्वासप्रश्वार उपचार केन्द्रमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गर्ने ,दिउँसो गाउँफर्काेदय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगीता गर्ने, शनिबार खैरेनीटार बजारमा लागु औषध दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम सहित सप्ताहन्त कार्यक्रमको समापन गरिने कार्यक्रम संयोजक समेत रहेका श्रेष्ठले जानकारी दिए ।
