• मेचीनगर । मेचीनगर नगरपालिका विहिबारदेखि खुल्ला दिसामुक्त नगर घोषणा भएको छ । मेचीनगर नगरपालिकाले ६ नम्वर वडा कार्यालय परिसरमा आयोजना गरेको खुल्ला दिशामुक्त घोषणा सभामा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले मेचीनगरलाई खुल्ला दिशामुक्त नगर घोषणा गरेका थिए ।
    मंसिर २७ गते शतप्रतिशत घरधुरीमा शौचालय भएको हुँदा गुणस्तरण निर्धारणका लागि नगरपालिकाबाट पत्रचार गरिएकोमा मंसिर २६ गते जिल्ला सरसफाइ तथा स्वच्छता समितिको निर्णयले मेचीनगर नगरपालिका खुल्ला दिसामुक्त नगर घोषणा गर्न उपयुक्त ठहर गरेको थियो । घोषणासभामा शान्ति उपाध्याय मोहनप्रसाद लुईँटेल, रुद्रवहादुर न्यौपाने , प्रमिला पौडेल र टेकनाथ पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
    २०७० सालमा अभियानको रुपमा सुरु हुँदाको अवस्थामा यस नगरपालिकाको घरधुरी संख्या ११ हजार १ सय ७३ रहेको थियो । जसमा शौचालय नभएका घरधुरी संख्या २१ प्रतिशत रहेको नगर उपप्रमुख मिना नगरको प्रतिवेदनमा उल्लेख छ । टोल विकास संस्थाहरुको सहयोगमा एक घर एक शौचालय निर्माणलाई महत्वका साथ अभियान सञ्चालन गरिदा केही टोलहरुमा स्वतःस्फूर्त शौचालय निर्माण गरि अभियानलाई अघि बढाएका थिए ।
    नगरपालिकाका प्रमुख विमल आचार्यको सभापतित्वमा भएको घोषणा सभामा राष्ट्रिय सरसफाइ स्वच्छताका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सहसचिव मनोज घिमिरेले नगरपालिकालाई कदर पत्र प्रदान गरेका थिए भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले नगरपालिकालाई प्रदान गरेको प्रमाणपत्र प्रमुख अतिथि पोर्तेलले नगरप्रमुख आचार्यलाई प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, खानेपानी मन्त्रालयका सहसचिव मनोज घिमिरेलगायतले बोलेका थिए । नगरपालिकाका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले स्वागत गरेका थिए ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…