• देबु बानियाँ
    झापा । दुहवी जेसीजको आयोजना तथा दुवही नगरपाकिलाको संयोजनमा भएको घरेलु सेनेटरी प्याड निर्माण, विद्यार्थीहरुलाई यौन शिक्षा तथा महिला हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
    दुहवी नगरपालिकामा रहेका विद्यालयहरुमा पुगेर शाखाले १२ दिन लगाएर उक्त कार्यक्रम सम्पन्न गरेको हो । शाखाले १२ वटा वडा, १२ वटा विद्यालय र १२ दिनको कार्यक्रम तयार गरी यो अभियान सञ्चालन गरेको थियो ।
    समापन समारोहलाई सम्बोधन गर्दै दुहवी नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाहले जेसीजले उत्कृष्ट र प्रभावकारी कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिनु भयो । साथै उहाँले आगमी दिनमा दुहवी जेसीजलाई यस अभियानमा नगरपालिकाले समेत साथ र सहयोग गरेर निरन्तरता दिने बताउनु भयो । उहाँले हरेक दिन महिला हिंसा बढेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनाहरुलाई न्यूनिकरण जेसीजले ठूलो साथ दिएको बताउनु भयो ।
    मंसिर १६ गते आइतवारबाट सुरु गरिएको अभियान बिहिवार हिमालय आदर्श माविमा आयोजित कार्यक्रमका बिच समापन गरिएको हो ।
    कक्षा ८ देखि १० सम्मका करिब ४ सय ५० छात्राहरुले प्रत्याक्ष सहभागिता जनाएका थिए । अभियानमा एउटा मदरसा विद्यालयको पनि सहभागिता रहेको थियो । उक्त अभियानमा उत्कृष्ट सहभागिका रुपमा सिल्पा मावि कक्षा १० की आरती यादवलाई पुरस्कार र मेडल सहित सम्मान गरिएको थियो ।
    स्थानीय घरेलु सामाग्रीहरुको सदुपयोग गरेर महिलाहरुमा हुने महिनावारीमा आवश्यक सेनेटरी प्याड बनाउने तालिमले विद्यार्थीहरु समेत उत्साहित रुपमा सहभागि भएका थिए । सचेतना कार्यक्रमको सहजीकरण दिपिका भगवतले गरेकी थिइन् ।
    अभियान अन्तरगत सरवती मावि, जनता मायाबती मावि, जनता मावि, गोपाल मावि, नविन शिक्षा निकेतन, विपी आधारभूत, तबलीगुल मर्दशा, पञ्चायत आधारभूत विद्यालय, विष्णु मावि, आधारभूत स्कुल, भोला मावि र हिमालयन आदर्श माविमा सञ्चालन गरिएको शाखाकी महासचिव साक्षी न्यौपानेले बताउनु भयो ।
    शाखा अध्यक्ष कञ्चना झा ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि दुवही नगरपालिकाका उप सचिव राजकुमार थापा, शाखाका पूर्व अध्यक्षहरु सुभाष भट्टराई, सुभाष चन्द्र अग्रवाल, वडा नम्बर १२ का अध्यक्ष खुसीलाल चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थीहरुकोा सहभागिता रहेको थियो ।
    महासचिव साक्षी न्यौपानेलेले सञ्चालन गर्नु भएको कार्यक्रममा सहभागिलाई तालिम संयोजक विमला सुवेदीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।






















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…