• दमक । बिगत एक दशक देखि झापाको गौरादहमा संचालनमा रहेको प्रकाश फर्निचरले `ज्ञान पनि बढ्ने-पुरस्कार पनि जितिने´ योजना ल्याएको छ। यो योजना मार्फत हरेक महिना एक जना भाग्यशाली बिजेताले फर्निचरका सामान जित्न सक्नेछन ।

    यस फर्निचरका संचालक प्रकाश बाँस्कोटा हुन् । ``झापा जिल्लामै पहिलो पटक यस्तो कार्यक्रम हाम्रो फर्निचरले ल्याएको छ। यो एक बिजनेस स्ट्राटेजी मात्र नभएर आफ्नो सामान्य ज्ञान बढाउने स्वर्णिम अवसर पनि हो´´ संचालक बाँस्कोटाले बताए।

    प्रकाश फर्निचरका मार्केटिङ बिभाग हेरिरहेका देबि बाँस्कोटाका अनुसार ``हरेक महिना फर्निचरको पेजमा नेपाल सम्बन्धि एक प्रश्न सोधिनेछ, त्यस प्रश्नको उत्तर कमेन्ट बक्समा लेखी आफ्नो सहभागिता जनाउन सकिने छ। नेपालको जुनसुकै स्थानबाट पनि यो योजनामा सहभागी हुन सकिने छ। सहभागी मध्ये सहि उत्तर छनोट गरि गोलाप्रथामा सामेल गरिने छ र एकजना भाग्यशालीलाई एक थान आकर्षक फर्निचरको सामान प्रदान गरिने छ।´´ गोलाप्रथा फेसबुक लाईभ मार्फत गरिने कुरा समेत जानकारी गराए।

    कार्तिक र मङ्सिर महिनाका बिजेता घोषणा गरिसकिएको छ। कार्तिक महिनामा बिजेता गौरादह-१ कि स्वस्तिका भट्टराई थिइन भने मङ्सिर महिनामा गौरादह-९ का रुद्र पौडेल रहेका छ्न।
    यस कार्यमा प्राबिधिक सहयोग सन्तोष बिष्टले गरिरेहेका छ्न। ``यो नौलो कार्यक्रम भएकाले सहभागी हुनेको संख्या उल्लेखनीय रहेको छ। मङ्सिर महिनाको प्रश्नमा फेसबुक पेज भ्यु मात्र एक लाख पुगेको थियो´´ उनले बताए।

    सहभागी हुनका लागि प्रकाश फर्निचरको लिंक

    https://www.facebook.com/649154981774484/posts/2115389425151025/

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…