• तेह्रथुम, २८ मङ्सिर

    बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तेह्रथुमका पीडितसँग छलफल गरेको छ ।

    आयोगले जिल्लाका पीडित तथा सरोकारवालासँग अन्तक्र्रिया गर्दै उजुरीमाथि विस्तृत अनुसन्धानसमेत गरिरहेको छ ।

    बिहीबारदेखि शुरु भएको अनुसन्धानको कामसमेत अन्त्यतिर पुगेको आयोगले जनाएको छ । आयोगमा तेह्रथुमबाट १७ जना बेपत्ता रहेका व्यक्तिका परिवारले उजुरी गरेका थिए । त्यसमध्ये बिहीबार १२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सकिएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकले बताउनुभयो ।

    आयोगमा देशभरबाट तीन हजार १९२ वटा उजुरी परेका छन् । तीमध्ये ८५ प्रतिशत बढी उजुरीमाथि पुसको तेस्रो हप्ताभित्र अनुसन्धान गरिसक्ने प्रवक्ता पाठकले बताउनुभयो ।

    तेह्रथुममा ‘पत्रकार कल्याण कोष–२०७५’ स्थापना

    नेपाल पत्रकार महासङ्घ तेह्रथुम शाखाले पत्रकारलाई आइपर्ने विपत्तिको घडीमा सहयोग पु¥याउन ‘पत्रकार कल्याण कोष–२०७५’ शुभारम्भ गरेको छ ।

    महासङ्घले पत्रकारिता पेशामा रहेका पत्रकारलाई आइपर्ने विपत्तिको सामना गर्न सहयोग पु¥याउने हेतुले कोषको स्थापना गरिएको महासङ्घका अध्यक्ष नरेश ढुङ्गानाले बताउनुभयो ।

    कोषको शाखाको ११औँ साधारणसभाको अवसरमा बिहीबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली र म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

    कोष स्थापनाकै अवसरमा कोषका लागि करीब रु दुई लाख सङ्कलन भएको छ । कोषमा एक लाख ८४ हजार ८९८ प्राप्त भएको शाखाका अध्यक्ष ढुङ्गानाले बताउनुभयो । कोषका लागि महासङ्घका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेबाट पाँच हजार ५५५, केन्द्रीय सदस्य उद्धव तिम्सिनाबाट १० हजार ५५५, अध्यक्ष नरेश ढुङ्गानाबाट पाँच हजार ५५५, उपाध्यक्ष भगिश्वर लिम्बूबाट पाँच हजार पाँच, उपाध्यक्ष यशोदा चेम्जोङबाट पाँच हजार पाँच, सचिव प्रकाश धौलाकोटीबाट पाँच हजार ५५५, सहसचिव उमेश नेपालीबाट पाँच हजार ५५५, कोषाध्यक्ष दीपक कट्टेलबाट पाँच हजार ५५५ रुपैयाँ र सदस्य कल्पना लिम्बूबाट पाँच हजार पाँच रुपैयाँ प्राप्त भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…