• बिष्णुकुमार देवकोटा
    ।बिगत ८ बर्षदेखी बोन म्यारो रोग बाट ग्रसीत प्रेम पुन मगर मृत्यु कुर्दै हुनुहुन्छ ।

    जन्म लिएपछि मृत्यु अनिबार्य छ तर अनिस्चित समयको मृत्यु लाई आत्मासात गर्दै मानव भविष्य उज्जवल पार्न कृयासील हुन्छ तर रोल्पा जिल्ला त्रिवेणी गाँऊपालिका वडा नं ७ तितिम स्थायी घर भई हाल घोराही उपमहानगरपालिका वडा नं ७ पर्सामा माइतिको सरणमा बस्नुभएका २९ बर्षीय पुन मृत्यु कुर्दै बस्नुभएको छ ।

    रोजगारीको सिलसिलामा टर्की गएका बेला पुनलाई बोनम्यारोमा समस्या देखिएको पुन ले अँश्रुमिश्रित स्रमा बताउनुभयो ।

    टर्कीमा करीब दुई महिना उपचार पस्चात वंश भित्रको व्यक्तिको बोन म्यारो ट्रान्सप्लान्ट गर्नका लागि हतास र खर्चविहिन अवस्थामा नेपाल आएको पुनले बताउनुभयो ।

    एक श्रीमति सहित ३ जना नाबालक छोराछोरीहरु संग बस्दै गर्नुभएका पुनको उपचारका लागि सहयोग माग्नुभनदा अर्को बिकल्प नभएको पुनकी श्रीमति भवानी पुनले रुंदै भन्नु भयो । “ खेत छैन , थोरै छ माईतिको। शरणमा बसेका छौं, काम गर्ने श्रीमान्लाई यस्तो रोग लाग्यो , अब कस्ले कमाउला रु” भवानी पुनले रुदैं भननु भयो ।

    आफ्ना कलिला सन्तानहरुको भविस्य संम्झदै भक्कानीएर प्रेम पुनले आफ्नो उपचारमा करीब ४० लाख रुपैयाँ लाग्ने र आफेनो हैसीयत ले समेत उपचारका लागि नभ्याउने भन्दै पुनले आफ्नो जीवन रक्षाक लागि सहयोग गर्न सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा आग्रह गर्नुभयो ।

    “मलाई बचाउनुहोस म बाँच्न चाहन्छु आफ्नो लागी मात्र नभएर म मेरा सन्ततीहरुका लागि पनि बाँच्न ाहन्छु” ।
    निसहाय रुपमा मिडियाको सहयोगले आफ्नो कुरा विश्वभर पुग्ने र देश तथा बिदेशमा रहनुभएका सहयोगीहातहरु आफ्नो जीवन रक्षाका लागि उठ्ने विश्वासका साथ प्रस्तुत हुनुभएका पुनले रुदै भन्नु भयो – “उपचारमा सबै जाय जेथा सकियो अब मृत्यु कुर्नुको बिकल्प छैन”

    https://www.facebook.com/photo.php?fbid=917343018456600&set=a.154786944712215&type=3&source=11&referrer_profile_id=100005427313903

    सेवानै धर्म हो सबैले आफुले सकेको सहयोग गरि यी मेरा साना छोराछोरीको भविस्य उज्ज्वल बनाइदिनुहुन अनुरोध गर्दछु ।

    सम्पुर्ण सहयोगीमनमुटुमा एकमुष्ट दर्शन नमस्कार।

    रोल्पा जिल्ला साबिक गैरिगाउँ गाबिस वडानं ५ हाल त्रीवेणी गाउँपालिका वाडनं ७ निबासी श्री बल बहादुर पुनको छोरा वर्ष २९ को म प्रेम बहादुर पुन बिगत ८ महिना देखि बोनम्यारो रोगबाट पीडित भै हाल टिचिङ हस्पिटल काठमाडौमा उपचार भैरहेको हुदा हाल सम्म ऋणकर्जा गरि रु ७,००००० सातलाख खर्चभैसकेको हुदा अब औषधिले मात्र सम्भब नभएको हुदा ट्रान्सपलान गर्नुपर्ने भनी मेरो उपचारमा संलग्न डाक्टरले सल्लाह दिनुभएको हुदा थप उपचारको निम्ति रु ४०,००००० चालिस लाख पैसा जुताउन सके बोनम्यारो ट्रान्सपलान गर्नसकिने भएको हुदा बोनम्यारो दोनेशन मेरो दाईबाट हुने भएको हुदा सबैको साथ र सहयोगले पुनर्जीवन पाउने आशा गरेकोछु मेरो आर्थिकले मात्र सम्भब नभएको हुदा देशविदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनी संघसंस्था समाजसेवीहरुले आफुले सकेको सहयोग गरि मलाई पुनर्जीवन दिनुहुन विनम्र अनुरोध गर्दछु सहयोगको लागी पीडित प्रेमबहादुर पुन बैंक अफ काठमाडौ लिमिटेड घोराही शाखा दाङ एकाउन्ट ०३१८०००००६८५ मोबाइल नम्बर ९८४९८८०९२७ / ९८१३१८६६२७ सम्पर्क गरेर सहयोग गरि मलाई पुनर्जीवन दिएर मेरा यी स-साना छोराछोरीको भविस्य उज्ज्वल बनाइदिनुहुन पुनः विनम्र अनुरोध गर्दछु धन्यवाद ।



    नोट एकाउन्ट नम्बर बाहिर खोलमा बैंक कर्मचारीले गलत लेखिदिएको रहेछन त्यसकारण भिडियो बनाउदा भित्र नहेरेर बाहिर खोलेको मात्र हेरेर भनेको ०३१८००००००८५ थिए अहिले भित्र चेकमा हेर्दा ०३१८०००००६८५ रहेछ त्यसकारण यसैलाई नै आधार मानिदिनुहुन विनम्र अनुरोध गर्दछु

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…