• काठमाडौं । नुवाकोट दूर्घटनामा अहिलेसम्म १६ जनाको मृत शरीर भेटिएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीम भट्टराइले साँझ सवा ७ बजेसम्म १६ जनाको मृत शरीर भेटिएको पुष्टि गरे । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार भएको दूर्घटनामा ४० जना यात्रु सवार रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिए ।



     



    उनले ठूलो संख्यामा यात्रुहरु हताहत भएको भन्ने जानकारी आएको भएपनि कति यात्रुको ज्यान गयो भन्नेबारे यकीन विवरण नआईसकेको बताए ।



     



    ‘घटनास्थलमा प्रहरी जाँदैछ । प्रहरी पुगेर विस्तृत जानकारी दिएपछि मात्रै मैले मृतकको बारेमा बताउन सक्छु ।’ प्रजिअ थापाले भने ‘४० जना जति यात्रु बोकेर जाँदै गरेको मिनिबस दूर्घटना भएको भन्ने जानकारी आएको छ ।’



     



    सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । सवार यात्रुहरु शिखरबेसीस्थित घ्यावामा गएर फर्किँदै थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…