• काठमाडौँ, २८ मङ्सिर: नौ महीनासम्म बिना लाइसन्स गाडी चलाउँदा ट्राफिक प्रहरीको जाँचका क्रममा जरिवाना तिरेर हिँड्ने क्रम चलेकै थियो तर विसं २०७४ वैशाख १६ को मध्यरात, झापा बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बूका अगाडि त्यो बिकल्प सम्भव भएन । साउदी अरबको सडकमा मालबाहक गाडी चलाउँदै गर्दा एक्कासि साउदी नागरिकले चलाएको कारले उनको गाडीलाई ठक्कर दियो ।

    ठक्करबाट कारमा सवार साउदी नागरिकको ज्यान गयो । त्यसलगत्तै साउदी प्रहरीले उनलाई नियन्त्रणमा लियो र रियादस्थित मलास जेलमा राख्यो । लाइसन्स र बीमा नभएको सवारी साधन चलाएकाले उनकै गाडीलाई ठक्कर दिनेलाई नभइ उनी नै दोषी ठहरिए ।

    अदालतको फैसला नआउँदासम्म उनी आठ महीनासम्म जेल जीवन बिताउन बाध्य भए । गएको फागुन १ गते अदालतको फैसलाबाट उनी जेलमुक्त भए । अदालतले दुर्घटनामा लिम्बुको ७५ प्रतिशत गल्ती देखाई ब्लडमनी बापत साउदी रियाल दुई लाख २५ हजार र दुर्घटनामा परेको कारको क्षतिपूर्तिबापत साउदी रियाल १५ हजार तिर्नुपर्ने फैसला ग¥यो । उक्त ब्लडमनी एवं क्षतिपूर्तिको आधा रकम लिम्बू र आधा रकम कम्पनीले तिर्नुपर्ने फैसलामा उल्लेख थियो ।

    परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको लिम्बूको परिवारसँग त्यत्रो क्षतिपूर्ति तिर्ने सामथ्र्य थिएन । जेलमुक्त भए पनि अदालतले तोकेको ब्लडमनी नतिरेसम्म उनी नेपाल फर्कन पाएनन् ।

    जीवनको कठीन परिस्थितिबाट गुज्रीरहेको प्रशान्तको उद्धारका लागि कहीँकतैबाट सङ¬्गठीत सहयोग नभएको अवस्थामा प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) को पहलमा ‘प्रशान्त लिम्बू उद्धार अभियान’ शुरु भयो । पिएनसिसीले यसै वर्षको असार १४ गतदेखि ब्लडमनी सङ्कलन अभियान शुरु गरेको थियो ।

    छोटो समयमै अभियानले सफलता पायो । परिणामस्वरुप बिहीबार राति मात्र लिम्बू स्वदेश फर्कन सके । लिम्बूको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति काठमाडाँैले रु १५ लाख ४४ हजार २६०, प्रेम बचाउ अभियान मूल समिति काठमाडाँैले रु १५ लाख, प्रशान्त लिम्बू देश फर्काउ अभियान झापाले रु पाँच लाख ४००, किराँत याक्थुम चुम्लुङ ललितपुरले रु ८० हजार र प्रशान्त लिम्बू देश फर्काउ अभियान ताप्लेजुङले रु ५६ हजार ९४० सहयोग गरेको थियो ।

    विभिन्न सङ्घ संस्थाको सहयोगमा सङ्कलित रकम गत भदौ २५ गते परराष्ट्र मन्त्रालयमा हस्तान्तरण गरिएको थियो ।

    गैरजिम्मेवार कम्पनी

    रियादस्थित ‘कराम अल–खालेज फर ब्लक एण्ड प्रिकास्टिङ’ कम्पनीमा सवारी चालकको प्रवेशाज्ञामा लिम्बू विसं २०७३ साउन २६ गते साउदी गएका थिए । उनलाई कम्पनीले लाइसन्सका लागि परीक्षणमा समेत सहभागी नगराई गाडी चलाउन बाध्य पा¥यो । लाइसन्स बनाइदिन आफू गएको मेनपावर कम्पनी र एजेन्टलाई बारम्बार अनुरोध गरे तर उनको कुनै सुनुवाइ भएन् ।

    उनले भने, “लामो समयसम्म लाइसन्स नबनाउँदा आफू जोखिममा पर्ने हुँदा ‘आफ्नै खर्चमा लाइसन्स बनाउँछु’ भन्दा पनि कम्पनीले कुनै सहयोग गरेन अन्ततः म बिना लाइसन्न साउदीको सडकमा गाडी चलाउन बाध्य भएँ ।” उनले कुनै पनि नेपाली युवालाई साउदीको सवारी चालक अनुमतिपत्र नलिई सवारी नचलाउन आग्रहसमेत गरे । दुर्घटनामा परेपछि उनलाई कम्पनीले कुनै सहयोग गरेन ।

    कष्ठकर रुपमा आफूले जेल जीवन बिताएको स्मरण गर्दै उनले भने, “जेलमा पानी समेत खान दिइँदो रहेनछ, अर्काको जूठो खाना खान दिइयो । म आफू बाँचेर फर्कन्छु जस्तो लागेको थिएन । अहिले नेपाल आउँदा पुर्नजन्म पाएको अनुभूत गरेको छु ।”

    मानवीय संवेदनासमेत ख्याल नगरी साउदी अधिकारीले आफूलाई मानसिक तनाव दिएको उनले सम्झिए । लिम्बूले भने, “जेलबाट रिहा हुँदा मैले मानसिक सन्तुलन गुमाइसकेको थिएँ । साथीको सरसहयोगमा आज यो जीवन पाएको छु, अब यही नै बसेर केही काम गर्छु, विदेश त म जाँदै जान्न ।”

    नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था

    वैदेशिक रोजगारीका क्रममा सवारी चालक प्रवेशाज्ञामा जाने कामदार अन्त्यन्त जोखिममा रहेकाले सरकारले नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था आएको पिएनसिसीले जनाएको छ । पिएनसिसीका अध्यक्ष कूलप्रसाद कार्की सवारी चालकका रुपमा खाडी मुलुक जाने कामदारलाई रोजगारदाताले आवश्यक सहयोग र सहजीकरण नगर्ने पाइएको हुँदा सरकारले नै कडाइका साथ अनुगमन गर्नुपर्छ भन्छन् ।

    अहिले विभिन्न कारणबाट करीब २५ नेपाली साउदीको जेलमा बस्न बाध्य भएको पिएनसिसीले जनाएको छ । (तस्बिर उपलब्ध छ)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…