• ओम आचार्य

    नेपाली कांग्रेसमा घरी घरी अन्तरघात र अनुसाशनको कुरा उठंछ । र नेपाली काग्रेसमा विचार र सिध्दान्तको  विचलन आएको कुरा पनि उठाइने गरेको छ । पाटी लाइ पुनर्निर्माण गर्ने कुरा पनि जोड़तोड़ का साथ आउदै छ ।

     नेपाली कांग्रेसमा मा पछिल्लो समय लोकतान्त्रिक फ़ोरम सिंगै  विलय हुनु , र देशभरमा नेपाली काग्रेस वाट पलायन भएका , विस्थापित गरिएका , नेपालि काग्रेस परित्याग गरेकाहरुको पनि  मातृपाटी कांग्रेसमा उत्साहजनक प्रवेस लगायत  अन्य नेकपा , राप्रपा लगायत का स्थानिय र केन्द्रीय स्तर सम्मका राजनीतिक कार्यकर्ताहरुको झुन्ड का झुन्ड प्रवेस भइरहेको छ । 

       

    अन्य राजनीतिक दलका कार्यकर्ताहरुको नेपाली काग्रेस मा प्रवेस नेपालि काग्रेस का नेताहरुलाइ टाउको दुखाइ छैन र हुदैन पनि विडम्बना कुरा नेपाली काग्रेस परित्याग गरेका    विस्थापित गराइएकाहरुको नेपालि कांग्रेसमा प्रवेस नै नेपाली काग्रेसका नेताहरु को  टाउको दुखाइ भएको छ । 

     

    नेपाली काग्रेसमा यसरी पाटी विलय गर्दै उपसभापति वन्नु भएका विजय गच्छदार , र पुर्व काग्रेस रहेकाहरुलाइ पाटी प्रवेस गराउने   र पाटी मा पलायन भएका र उदासीन भएकाहरुलाइ सक्रिय गराउने कुरा लाइ पाटी मा अनुसाशन नभएको र पुनर्निर्माण को नाममा गुट र संरक्षण गरेको र यसै कुरा ले  पाटी को विचार र सिध्दान्त विचलन र विमुख भएको   कुरा कदापी हुन सक्तैन   

    कुनै  कारणवाट पाटी विस्थापित भएकाहरु , पाटी परित्याग गरेकाहरु लाइ नेपालि कांग्रेसको हित हुन्छ भने कसैको स्वार्थलाइ , कसैको अभिष्ट पुर्ती गर्न को लागी पाटी प्रवेस लाइ रोक्नु हुदैन र यो कुरा , यो नीति , पाटीमा अनुशासन नभएको र विचार र सिध्दान्तमा विचलन आएको  हुदैन । 

     

    नेपालि काग्रेस यस्तो पाटी हो जस्को झण्डामा चारतार छ , नेपाली काग्रेसको उध्दैस्य र सिध्दान्त यस्तो छ यस्मा खराव प्रवृती नैतिकहिन पात्रहरु यो पाटीमा लामो समय सम्म रहन सक्तैनन यिनिहरुको वहिर्गमन भइहाल्छ जव सम्म तिनिहरुको रगत को सुध्दी हुदैन,  जुन दिन सुध्द हुन्छ फर्केर आउछन । 

      नेपालि काग्रेस मा अहिले चरम वैचारिक मतान्तर छ यो वैचारिक मतान्तरनै अहिले गुट र उपगुट वाट परिभाषित भइरहेछ र यस्तो हुनुमा नेपालि कांग्रेसमा स्पस्ट दिशा निर्देशन नभएर नै हो , आफ्नो विचार,  आफ्नो दर्शन आफ्नो रणनीति कसैले पनि दिन नसकेर नै हो , वि पी को यौटा विचार थियो , यौटा दर्शन थियो जस्मा नेपाली कांग्रेसमा आवध्द रहेका सवै समाहित थिए त्यस पछी पनि केही समय सम्म त्यो भावनात्मक एकता रही रहयो र त्यो गिरिजा प्रसाद कोइराला रहदा सम्म त्यो भावनात्मक एकता अक्षुण रहयो गिरिजा को अवसान पछि कांग्रेस मा एकताको , विचारको , सिध्दान्तको को पनि क्रमश स्खलन हुदै गएको वर्तमान अवस्थामा पुन तिन कोइराल डा शशांक , सुजता , र डा शेखर कोइराला को राजनीतिक एकता को सन्देस दिदै पछिल्लो समय डा . शशांक को इरालाले पाटी सभापती को उम्मेदवार हुने स्पस्ट र गर्विलो भनाइ  ले गिरिजा प्रसाद कोइराला अवसान पछी को  पाटीको कमजोर अवस्थालाइ पुर्व अवस्थामा पुर्याउने देखिन्छ ।

         

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…