• घरबाट नायक अनुप विक्रम शाही अहिले सवेरै निस्कन्छन् । उनलाई अहिले कसैले फोन गरे प्राय उनको मोवाइल अफ भएको जानकारी आउंछ । कारण डविङमा तनमन लगाएर काम गर्न परेकोले आफूले मोवाइल अफनै गरेको उनले बताए ।

    फिल्ममा नेगेटीभ रोलमा देखीने गरेका अनुप विक्रम शाहीलाई अब भने दर्शकले यस पटक नायकको रुपमा देख्नेछन् । चलचित्र पुरानो बुलेटबाट उनि नायकको रुपमा देखिन लागेका हुन् । त्यसैले पनि उनि यस चलचित्रमा निकै मेहनत गरिरहेका छन् ।

    उनले पुरानो बुलेटमा आफूलाई निकै खारेका छन् । उनले दुरुस्तै अभिनय गरेका छन् निर्देशक भीषण राईले भने –अनुपलाई बुझाउन धेरै समय लाग्दैन उनि तुरन्त टिप्न सक्छन् ।

    फिल्म पुरानो बुलेटको डवीङमा भेटीएका उनि आफ्नो चलचित्र पुरानो बुलेटका लागि निकै आशावादी रहेको बताए । भन्छन् –मैले आफ्नो महत्वपूर्ण समय यस चलचित्रलाई छुट्याएको छु । चलचित्रमा अनुप विक्रम संगै वर्षा शिवाकोटी, माला लिम्वु, कृष्णभक्त महर्जन, कवीता आले, शिव मुखिया, वारत लिम्वु, शिरोमणी दवाढी, बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई, मातृका पौडेल, सन्तोष राई, हिमाल राई, गोपाल काफ्ले, हिमाल राई, प्रदिप फुयांल, शम्भु गहतराज लगायतको अभिनय रहेको छ ।

    फिल्ममा कथा निर्देशक भीषण राई र सन्तोष राईको संयुक्त रहेको छ । भीषण राईको निर्देशन रहने फिल्म क्रेजी इनटरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माता अशोक कुमार राई, टिकाराम राई, विरेन सांवा र दिपेन लिम्वु रहेका छन् । यसको कार्यकारी निर्मातामा सन्तोष राई छन् । यसलाई हरी घले लामाले खिचेका हुन । फिल्ममा उत्तमजंग लिम्वु र जयन जे वाईवाको संगित रहेको छ । प्रशान्त तामाङ र प्रवीण सिंहको कोरियोग्राफी रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । फिल्म चैत्र १ गते अल नेपाल रिलिज हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…