• बाहुनडाँगी । नेपाल जेसीजको उम्मेदवारहरुको प्रशिक्षण शुक्रवार सम्पन्न भएको छ । २६ गते बुधवारबाट सुरु भएको तालिममा ४ अध्यक्ष, ९ कार्यकारीणी उपाध्यक्ष र २३ जना उपाध्यक्ष गरी ३६ जना उम्मेदवारहरु सहभागि भएका थिए ।
    पुष ७ गतेबाट जनकपुरमा हुने महाधिवेशनका लागि विभिन्न पदमा लागि ३९ जनाले यस अघि नै नेपाल जेसीजमा उम्मेदवारी दर्ता गरएका थिए ।
    जेसीजको विधान अनुसार महाधिवेनशनको चुनावी प्रक्रियामा जानका लागि यो तालिम अनिवार्य लिनु पर्ने हुन्छ । यदि सहभागि नभएमा स्वत उम्मेदवारी खारेज हुनेछ । सहभागिलाई नेपाल जेसीजका पूर्व अध्यक्षहरु राजेन्द्रबहादुर श्रेष्ठ, विकल सेरचन, उत्तर चापागाई, राजविमल श्रेष्ठ र नेपाल जेसीजका प्रशिक्षक राजाबाबु शाहले प्रशिक्षण गराउनु भएको थियो ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथि नेपाल जेसीजका पूर्व अध्यक्ष समेत रहनु भएका मुख्य प्रशिक्षक सिनेटर राजेन्द्रबहादुर श्रेष्ठ,रहनु भएको थियो । समापन कार्यक्रमको सञ्चालन नेपाल जेसीजका महासचिव श्रीराम पौडेलले गर्नु भएको थियो ।
    महाधिवेशनका लागि अध्यक्ष पदमा इटहरी जेसीजका महेश पौडेल, पथरी जेसीजका अशोक शंकर, बागलुङ जेसीजका सुदिप राजभण्डारी र काभ्रे विकास मानन्धरको उम्मेदवारी परेको छ ।यस अघि नेपाल जेसीजमा अध्यक्षका लागि उम्मेदवारी दिएका बीसहजार जेसीजका अरुणेश्वर खनाल, जनकपुर जेसीजका मनिषरमण शाह  तालिममा सहभागि भएनन् ।
    यसैगरी, कार्यकारीणी उपाध्यक्षमा श्याम सुन्दर घिमिरे ( मिलन) (विराटनगर जेसीज), अमिश ढकाल (गछिया जेसीज), अनिलबहादुर शाही (कर्णाली जेसीज), अत्युल प्रसाई (बुधवारे जेसीज), रविन पोखरेल (नुवाकोट जेसीज), मञ्जरी घिमिरे (टङ्की सुनवरी जेसीज), रमेशचन्द्र भुषाल (कपिलवस्तु भुषाल), हेमराज खनाल (कोहोलपुर जेसीज), राजेन्द्र घिमिरे (बुटवल जेसीज) सहभागि भएका छन् कार्यकारीणीमा उम्मेदवारी दिएका दुहवी जेसीजका सन्तोष रौनियार सहभागि भएनन्  ।
    राष्ट्रिय उपाध्यक्षमा अजयकुमार देव (अर्जुनधारा) लालमणि भण्डारी (त्रिभूवननगर), कमल भण्डारी(सिदार्थनगर), भोजराज चापागाई (रामनगर), कृणप्रसाद अर्याल(नवलपुर), इनु थापा(काठमाडौँ), प्रकाश लामिछाने (कोहोलपुर),रुकमणि सिग्देल (भकुण्डेबेसी), हरिकुमार शर्मा (बसामाडी), मोहनलाल डाँगी( थानकोट), अमृत मल्ल (पर्सा खैरेनी),आषिश शर्मा(गोदावरी), सुशिल बुढाथोकी(धापासी), गोकुल सापकोटा (गैढाकोट), अर्जुन अधिकारी (नारायणगढ), झनकबहादुर अधिकारी(कपन), समुनकृष्ण श्रेष्ठ (पाटन), रामनिवास कुश्वाह (कलइया), दिपेश बोहोरा (अतरिया), शिव सुवेदी(पोखरा), अनन्तकुमार अधिकारी (चन्द्रनिगापुर), सञ्जयकुमार पाठक (रामग्राम), लालकेश जैसी(टिकापुर) ले उम्मेदवारी दर्ता गराएका छन् । यदि नेतृत्वमा सर्वसम्मवत नभएमा निर्वाचन प्रक्रियाद्धारा नेतृत्व चयन गरिनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…