• काठमाडौं । गत निर्वाचनको पूर्वसन्ध्यामा आफु नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदारका कार्यकर्ताले अहिलेसम्म कांग्रेसमा कुनै जिम्मेवारी र स्थान पाउन सकेका छैनन् ।

    २८ मंसिरबाट काठमाडौंमा सुरु हुन लागेको पार्टीको महासमिति बैठकमा पनि लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका नेताहरु सहभागि हुन पाउने या नपाउने भन्ने विषय अन्यौलमा परेको छ ।

    यहि विषयलाई लिएर पार्टीको उपसभापतिमा मनोनित नेता गच्छदारले तत्कालीन लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ताहरूको भविष्यलाई के हुने भन्ने प्रश्न मंगलबारको कांग्रेस केन्द्रिय समिति बैठकमा राखे ।

    महासमिति बैठकमा पेश गर्नका लागि अर्का उपसभापति विमलेन्द्र नीधिले तयार पारेको राजनीतिक प्रतिवेदन र महामन्त्री डा. शशाङ्क कोइरालाले तयार पारेको सांगठानिक प्रतिवेदनमा पार्टी एकिकरणपछि लोकतान्त्रिक फोरमबाट आएका कार्यकर्ता समायोजनको विषय उल्लेख नभएपछि गच्छदार खिन्न हुदै प्रश्न उठाएका हुन् ।

    विषेश समय लिएर बोल्दै गच्छदारले राजनीतिक र सांगठानिक प्रस्तावमा समायोजनको विषय उल्लेख नहुनु चिन्ता लाग्दो विषय भएको बताए ।

    यसले लोकतान्त्रिक फोरम पृष्ठभूमि भएका नेता तथा कार्यकर्ता अन्यायमा परेको उनको तर्क थियो । उनीहरूलाई पार्टीमा कसरी समायोजन गर्ने भनेर प्रश्न समेत उनले सभापति देउवासँग गरेका थिए ।

    पार्टी एकिकरणका बेला भएको सहमति कार्यान्वयन गर्नका लागि अहिले आएर विभिन्न बखेडा गरेर पार्टी भन्दा बाहिर राख्न खोजेको आरोप समेत लगाए ।

    बैठकमा गच्छदारले उपसभापति निधि र महामन्त्री डा.कोइरालाविरुद्ध आक्रोश व्यक्त गरे । ‘म कांग्रेसमा उपसभापति मात्रै बन्न आएको होइन ।

    फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताहरूका लागि पनि समायोजन होस् भनेर कांग्रेससँग पार्टी समायोजन गरिएको थियो’, गच्छदारले भने, ‘अहिले आएर उपसभापतिको राजनीतिक प्रतिवेदन र महामन्त्रीको सांगठानिक प्रतिवेदनमा फोरम लोकतान्त्रिक नअटाउनुले मेरो चित्त दुखेको छ ।’

    लोकतान्त्रिक फोरम पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरूलाई प्रतिनिधिका रुपमा राख्न आग्रह गर्दा समेत कांग्रेसले आफ्नो मागको सुनुवाई नगरेको गुनासो गच्छदारको थियो । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…