• गौर, ऊर्जा जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनले सुनकोशीको पानीले तराई क्षेत्रमा सिँचाइ गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ ।

    नारायणी नहर, बकैया र वाग्मती बाँध, पतौरा शवस्टेशन तथा मौलापुर विद्युत् शाखाको निरीक्षण पछि रौतहट कटहरियामा आज आयोजित जनसभामा उहाँले भन्नुभयो, “सुनकोशीको पानीले तराईका एक लाख २२ हजार हेक्टर जग्गामा सिँचाइ गर्ने योजना सरकारले अगाडि बढाएको छ ।”

    मन्त्री पुनले सुनकोशीको पानी १३ किलोमिटर सुरुङ खनेर मरिण हँुदै वाग्मती नदीमा झारेर मध्यतराईका रौतहट, बारा र सर्लाही जिल्लाको जग्गामा सिँचाइ गर्ने योजनाअनुसार काम भइरहेको उल्लेख गर्दै यसका लागि डिपिआरको काम अन्तिम चरण पुगेको जानकारी दिनुभयो ।

    “यो योजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “वाग्मती र लाल बकैयामा आउने बाढीको चपेटाबाट मुक्त गर्न प्रयास भइरहेको छ ।”

    मन्त्री पुनले दुवै नदीको तटबन्ध निर्माणमा सरकार गम्भीरतापूर्वक लागेको चर्चागर्दै विगतको बाढीका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको यथाशीघ्र पुनःनिर्माण हुने बताउनुभयो ।

    नेकपाका प्रदेश नं २ का अध्यक्ष तथा सांसद प्रभु साहले राष्ट्रिय अर्थतन्त्रको विकासमा ठूलो योगदान गरेको मधेश पछिल्लो दिनमा राजनीतिक द्वन्द्वका कारण मानव विकास सूचकाङ्कमा पछाडि परेकोमा चिन्ता व्यक्त गर्दै मधेशको विकास र समृद्धिका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मन्त्री पुनलाई रौतहट कटहरिया नगरपालिकाले १०५ किलो र स्वर्णकार समाज रौतहटले १०५ किलो गरी २१० किलोको माला लगाएर सम्मान तथा स्वागत गरेको थियो ।

    नेकपा रौतहट क्षेत्र नं ३ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कटहरिया नगरपालिकाका कार्यवाहक नगरप्रमुख नुरजहा खातुनले बाढीबाट यस क्षेत्रमा पार्ने प्रभावलगायतका समस्याका बारेमा जानकारी गराउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…