• पथरी समाचारदाता मंसिर२९, पथरी

    काबिल कन्स्ट्रक्सन प्रा.लि ले ईलाका प्रहरी कार्यालय पथरीलाई पिउने पानी संकलन गर्ने ट्याङ्की प्रदान गरेको छ ।
    पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० मा स्थापित निर्माण व्यावसायीहरुको सस्थाले ईलाका प्रहरी कार्यालयमा आउने सेवा ग्राहिलाई सेवा प्रदान गर्ने उदे्श्यका साथमा सो ट्याङ्की प्रदान गरेको काविल कन्स्ट्रक्सनका खुम बहादुर थापाले वताए ।
    आफ्नो व्यवसायको साथमा सेवाको भावनालाई पनि आत्मसात गर्दै अगि बढ्ने सोचका साथ १२ सय लिटर क्षमता स्टोरेज भएको ट्याङ्की प्रदान गरिएको कन्स्ट्रसनका अर्का सञ्चालक भुवन थापाले वताएका छन् ।
    नगरपालिकालाई कार्यक्षेत्र बनाएर निर्माण व्यावसाय सञ्चालन गर्दै आएको यस कम्पनीले अन्य सामाजिक हितका कार्यमा पनि आफ्नो समलग्नता देखाउदै आएको छ ।
    हाल कार्यलयमा रहेको ट्याङ्की चुहिने भएको र पानी पिउन समस्या भएको हुनाले सो १२ सय लिटर क्षमताको ८ हजार मूल्य बराबरको ट्याङ्की प्रदान गरिएको हो ।
    कार्यलयमा कार्यरत प्रहरी मात्र नभै आफ्नो काम लिएर जाने सर्वसाधारणलाई समेत पानी पिउन समस्या भएकोले सो ट्याङ्की बितरण गरिएको उनको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…