• काठमाडौ : त्रिभुवन विमानस्थल हुँदै अवैधरुपमा भित्र्याएर गायब बनाइएको ३३ किलो सुन भारतमाा बरामद भएको छ । भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभागको असुन्धान टोलील डिसेम्बर ७ का दिन कोलकात्ता–दिल्ली राजमार्गबाट बरामद गरेको हो ।

    २०७४ माघ अन्तिम साता दुबई हुँदै भित्रिएको यो सुन गायब पारिएपछि सुन तस्करीमा संलग्न चुडामणि उप्रेतीले यातना दिँदा एकजना भरिया मोरङको उर्लाबारी निवासी सनम शाक्यको ज्यान समेत गएको थियो ।

    ‘दुबई हुँदै तस्करी गरेर त्रिभुवन विमानस्थलबाट भित्र्याएर गायब बनाइएको ३३ किलो सुन भारतको कोलकातामा बरामद भएको छ’, सुन तस्करीको छानबिन गर्न गठित समितिका संयोजक तथा गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलले अन्नपूर्णसँग भने, ‘नेपालबाट हराएकै परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेको खबर त्यहाँका राजस्व अनुसन्धान विभागले कोलकात्तास्थित नेपाली महावाणिज्यदूतावासलाई गराइसकेको छ ।’

    संयोजक पौडेलका अनुसार बरामद सुन र पक्राउ परेका दुवै नेपालीबारे त्यहाँको अनुसन्धान विभागले कोलकात्तातास्थित नेपाली महावाणिज्यूत एकनारायण अर्याललाई जानकारी दिइसकेको छ ।

    अर्यालले नेपलाबाट गायब पारिएको तस्करीको ३३ किलो सुन बरामद भएको जानकारी नेपालस्थित गृहमन्त्रालयमा गराइसकेका छन् । ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार कोलकातामा बरामद भएको त्यो सुन नेपालबाट गायब गरिएकै सुन हो’, पौडेलले अगाडि भने, ‘भारतको कस्टमको अनुसन्धान विभागले महावाणिज्यदूत अर्याललाई लेखेको पत्र पनि प्राप्त भइसकेको छ, अब बरामद सुन र पक्राउ परेका दुवैजनालाई नेपाल झिकाउने पहल गरिरहेका छौँ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…