• बाहुनडाँगी । बाहुनडाँगी जेसीजको अध्यक्षमा कञ्चन उप्रेती निर्वाचित भएका छन् ।
    शनिवार सम्पन्न शाखाको आठौँ वार्षिक साधारणसभामा अध्यक्षका अर्का प्रत्यासी सागर कार्कीले उम्मेदवारी फिर्ता लिएपछि उप्रेती सर्वसम्वत अध्यक्षमा निर्वाचित भएका हुन् । बाहुनडाागी जेसीजको संस्थापक मध्येकका एक उप्रेती त्यसयता निरन्तर शाखामा रहेर भूमिका निर्वाह गरे । उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, महासचिव, कानुनी सल्लाहकारलगायतको जिम्मेवारी पदमा बसरे कुशलतापूर्वक भूमिका निर्वाह गरेका उप्रेतीले १०१२ देखि यताका सबै राष्ट्रिय महाधिवेशन, सबै एरिया कन्फ्रेन्समा सहभागि भएका छन् । अविवाहित उप्रेती यस क्षेत्रका युवा व्यवसायी हुन् । स्थापना कालदेखि हालसम्म शाखाको विकासका लागि उप्रेतीको योगदान अत्यन्तै ठूलो रहेको छ ।


    शाखाको कार्यकारीणी उपाध्यक्षमा आनन्द गुप्ता र अभिषेक गुप्ता, उपाध्यक्षहरुम नित्यानन्द चम्लगार्य, हेमन्त मोक्तान, सुनिल धिमाल र कमला शर्मा निर्वाचित भएका निर्वाचन आयुक्त एव्म शाखाका पूर्व अध्यक्ष पुष्कर ढकालले बताए । आयुक्त ढकालका अनुसार बाँकी रहेका पदहरु पद हस्तान्तरण कार्यक्रममा मनोनित गरिनेछ ।
    शाखाका वर्ष २०१८ का अध्यक्ष जीवन मोतेको सभापतित्व एवम् संस्थापक अध्यक्ष तथा मेचीनगर ४ का वडा अध्यक्ष नविन बरालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष किरण नेपाल, पूर्व अध्यक्ष सन्तोष सुवेदी, उत्तम सिठुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शाखाका कार्यक्रम संयोजक निकेशराज दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सागर कार्कीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…