• मनु लिम्बू  नेपाली साँगीतिक क्षेत्रमा संघर्षरत नाम हो । पहिलो एल्बम ‘मन्द मन्द’ बजारमा ल्याएर परिचित बनेकी मनु वाल्यकालमा नक्कै राम्रो नृत्य गर्थिन । उनलाई सबैले नृत्यमै भबिष्य बनाउछन् भन्ने धेरै थिए । स्कुल तथा गाउँमा हुने प्रतियागिता कार्यक्रममा नृत्य मार्फत उनले सबैको मन जित्थिन् । पुरस्कार पनि पाउँथिन् । तर उनी पछि उनले राम्रो लक्षण देखाईन्  गायनमा ।सो अनुरुप  उनी लामो समयसम्म संगीत साधनामा लागेर पहिलो एल्बम निकाल्न सफल भईन् ।

    गायनबाट परिचित उनी गायनको शिलशिलमा देशविदेश पनि पुगिन् । गायिकाको रुपमा रुपमा आफुलाई स्थापित गर्ने यात्रा जारी छ ,उनको ।  पहिलो एल्बमबाट आम्दानी भन्दा पनि नेपाली गीतसंगीत क्षेत्रमा भोग्नुपर्ने संघर्षबारे अवगत भईन मनु । नेपाली गीतसंगीतलाई बुझ्ने मौका पाए,मनु भन्छिन् । ‘मन्द मन्द’ , ‘गुनासो रह्यो’, र ‘छनछन चुरा बज्यो’, स्रोताहरुले रुचाएको गीत हो उनको ।

    गायन क्षेत्रमा सोचे भन्दा राम्रो सफलता पाइरहेको उनको बुझाई छ ।

    पेशाले ब्युटिसियन पनि रहेकी मनु समाजसेवामा पनि रुचि राख्छिन् । वालवालिकाका तथा जेष्ठ बुवा आमाहरुको सेवा गर्न उनलाई औधी मन पर्छ । गायन क्षेत्रबाट कमाएको केहि रकम उनी वालवालिकाहरुलाई सहयोग गर्दै आएकी छिन् । भबिष्यमा पनि संस्थामा मार्फत वालवालिका र असाहयहरुको सेवा गर्ने मनुको सोच छ । जसको लागि उनी लागिरहेकी छिन् । नृत्यमा राम्रो थियो किन गायनमा भन्ने प्रश्नमा भन्छिन्, सानोमा राम्रो नाच्थे पनि यद्यपि, गायन र नृत्य मध्ये एउटा च्वाइज गर्दा गीत संगीतलाई अंगाले ।
    तर मोडलिग मार्फत आफ्नो नृत्यकला पनि देखाईरहेको छु ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…