• देबु बानियाँ
    बाहुनडाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले हाम्रो देशका लागि अबको समय आर्थिक समृद्धिको समय भएको बताउनु भएको छ ।
    भद्रपुर जेसीजको नव निर्मित स्वग्रीय विनेस स्मृति जेसीज भवनको शनिवार उद्घाटन गर्दै राष्ट्रिय अध्यक्ष बस्यालले संघिय संरचना अनुसार देशले ३ वटै तहको निर्वाचन सकेपछि देशले एउटा निश्चित गति लिएकोले अब सिंगो देश आर्थिक समृद्धिको बाटोमा लाग्नु पर्ने बताउनु भएको हो ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष बस्यालले जेसीजले निर्माण गरेका अभियान्ताहरु यो समाजमा सकारात्मक बाटोका साथ अब्बल स्थानमा रहेका भएको बताउनु भयो ।
    उहाँले युवाहरुलाई कुनै पनि क्षेत्रमा अवसर नदिइ उनीहरुको नेतृत्व र व्यक्तित्व विकास नहुने बताउँदै जेसीजले हरेक युवाहरुलाई अवसर दिएर यो समाजमा एउटा फरक युवाका रुपमा स्थापित गर्दै गएको बताउनु भयो । ‘तपाईहरुलाई कुनै असहज भएमा हामीलाई सम्झनु होस्’ कार्यक्रमकी विशेष अतिथिका रुपमा रहनु भएकी भद्रपुर नगरकी उप प्रमुख चन्द्र श्रेष्ठप्रति इङकित गर्दै अध्यक्ष बस्यालले भन्नु भयो–‘नगरका हरेक योजना निर्माणका काम देखि समृद्ध नगरको निर्माणमा भद्रपुर जेसीजका युवाहरु सहकार्य गरेर अघि बढ्न तयार छन् । तपाईहरुलाई स्वयसेवकका रुपमा रहेर सहयोग गर्नेछौँ ।’

    उहाँले भद्रपुर जेसीजले उत्पादन गरेका युवाहरु हरेक क्षेत्रमा अब्बल भएकाले भद्रपुर नगरपालिकालाई हरेक गतिविधिमा सम्झनका लागि आग्रह समेत गर्नु भयो । अध्यक्ष बस्यालले समाजको सकारात्मक रुपान्तरणका लागि युवाहरुलाई उद्यमशीलता बनाउँदै लैजानु पर्ने बताउँदै एउटा व्यक्ति, एउटा समाज र एउटा सरकारले मात्र यो समाज रुपान्तरण गर्न नसक्ने भएकाले सबैलाई समेटेर अघि बढ्न सरकारलाई आग्रह गर्नु भयो ।
    कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद बसन्त बानियाँले भद्रपुर जेसीजको विकास र विस्तारका लागि आफु सहयात्री भएर अघि बढ्ने बताउनु भयो । उहाँले जेसीजको आस्था साशन व्यक्तिको होइन विधिको हुनु पर्छ भन्ने मान्यतालाई आत्मासाथ गर्दै आम राजनीतिक दलहरुले पनि यसलाई अनुसरण गरेमा राष्ट्र निर्माणमा सहज हुने बताउनु भयो । साथै विषेश अतिथि सांसद बानियाँले यस अघि पनि यस शाखालाई सहयोग गर्दै गएको र आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
    विशेष अतिथि भद्रपुर नगरपकालिकी उपमेयर चन्द्र श्रेष्ठले भद्रपुर जेसीजले निर्माण गरेको यो भवन भद्रपुर नगरपकालिकाको सम्पति रुपमा लिएर एउटा अभिभावकको भूमिका निर्माण गरी यसको संरक्षण गर्ने बताउनु भयो । उहाले भद्रपुरका युवाहरुलाई समेटेर अघि बढिरहेको यस संस्थासँग नगरपालिका सधैँ सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले भवन निर्माणका लागि नगरपालिकाबाट जे जति सहयोग भएको छ, आगामी दिनमा यसको स्तरउन्नतीका लागि सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
    निर्माण समितिका अध्यक्ष एवम् शाखाका पूर्व अध्यक्ष रमेश पोखरेलले भवन निर्माणका लागि सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
    शाखाका अध्यक्ष सोम ढुङ्गेलले आफुले देखेको भवन निर्माणको सपनालाई आफ्नै कार्यकालमा पुरा गर्न पाएकोमा हर्षित भएको बताउँदै यसमा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गर्नु भयो ।
    शाखाका निवर्तमान अध्यक्ष एवम् भवन निर्माण समितिको सचिव प्रकाश भण्डारीले भवन निर्माणका लागि २२ लाख १३ हजार ६ सय ४७ खर्च भएको बताउँदै सहभागिलाई स्वागत गर्नु भएको थियो ।
    भद्रपुरका व्यवसायी नरेश वर्माले आफ्ना स्वग्रीय छोरा विनेश बर्माको स्मृतिमा १ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको थियो । उक्त कार्यक्रममा जग्गादाता बर्मा परिवारका नितेश बर्मालाई सम्मान गरिएको थियो ।
    वर्ष २०१६ मा पूर्व गृह मन्त्री कृष्णप्रसाद सिटौलाले सिल्यान्यास गरेको उक्त भवन २ वर्षमा निर्माण पुरा भएको छि । भवन निर्माणका लागि शाखाका पूर्व अध्यक्षहरु, झापाका विभिन्न शाखा, भद्रपुर नगरपालिका, विभिन्न व्यवसायी तथा स्थानीयहरुले आर्थिक सहयोग गर्नु भएको थियो ।

    शाखाका अध्यक्ष सोम ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव हरि कोइरालाले गर्नु भएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु तथा झापाका विभिन्न शाखाका अध्यक्षहको उल्लेखिय उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…