• मेचीनगर । स्टाइकर विकेश लिम्बूको ह्याट्रीसँगै विर्तामोड युनाईटेड क्लब आदर्श नकाउ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
    आदर्श धिमाल समाजको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न फाइनल खेलमा न्यु स्टार खोपबाडीलाई ३÷२ गोल अन्तरले पराजित गर्दै फाइनल उपाधीको च्याम्पियन बनेको हो । जितसँगै विर्तामोडले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पायो भने उपविजेता बनेको खोपबाडीले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । मेची विद्योदय प्रा.वि मेचीनगर ८ को खेल मैदानमा सम्पनन प्रतिस्पर्धात्मक खेलमा विर्तामोड युनाईटेडका तर्फबाट बिकेश लिम्बुले ह्याट्रिक गरेका थिए । खोपबाडीका तर्फबाट अजय राजवंशी र बिशाल दर्जीले १÷१ गोल गरेका थिए ।
    प्रतियोगिताको म्यान अफ द म्याच न्यु स्टार खोपबाडीका विशाल दर्जी घोषित भए ।
    यसैगरी, उत्कृष्ट गोलरक्षक विर्तामोड युनाईटेड अनुकरण श्रेष्ठ, उत्कृष्ट डिफेन्स आयोजक कमिटिका करण मगर, सर्वाधिक गोलकर्ता विर्तामोड युनाईटेड बिकेश लिम्बु र प्लेयर अफ द टुनामेन्टको रुपमा विर्तामोड युनाईटेड आशिष चापागाई घोषित हुँदै ट्रफी र नगद प्राप्त गरे ।

    विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनाली, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, वडा नम्बर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, आदर्श धिमाल समाजका अध्यक्ष संजय धिमाललगायतले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए ।
    वडा अध्यक्ष बिकेन्द्र धिमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार युवराज आचार्यले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…