• दमक, २९, मंसिर÷ हिमशिखर मिडिया प्रालिले हिमशिखर डान्स आइडल आयोजना गर्ने भएको छ । हिमशिखर मिडिया प्रा.लि.को आयोजनामा यही पौष २ गतेदेखि खुल्ला राष्ट्रव्यापी सिंगल, डबल र ग्रुप नृत्य प्रतियोगिता २०७५ हुने भएको छ । हिमशिखर डान्स आइडलको सिजन २ को आज शनिवार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तालिका सार्वजनिक गरिएको हो । कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रम निर्देशक श्री गणेश शर्माले नेपालमै पहिलो पल्ट विभिन्न नृत्य सहित सामुहिक नृत्य प्रतियोगिता समेत प्रतियोगितामा समावेश गरिने बताउनु भयो ।

    पत्रकार सम्मेलनमा हिमशिखर मिडिया ग्रुपका अध्यक्ष धु्रवप्रसाद न्यौपानेले कार्यक्रमको परिकल्पना कसरी गरियो भन्ने विषयमा स्पस्ट पार्दै हिमशिखर टेलिभिजनको शुरुवात देखिनै यो खालका कार्यक्रम गर्न सोच बनाएको बताउनु भयो । उहाँले पुरानो कार्यक्रम ‘नमस्ते दमक’ को स्मरण समेत गर्नुभयो । उहाँले हिमशिखर डान्स आईडल सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको समेत बताउनु भयो ।
    हिमशिखर डान्स आईडलको कार्यक्रमका लागि निर्णायकमा श्री गणेश शर्मा, राज लावती र ज्याक सहनी रहनु हुने आयोजकले जानकारी दिएको छ भने कार्यक्रमको प्रश्तोता तृष्णा रेग्मी रहनु हुने जनाइएको छ ।

    आयोजकले दिएको जानकारी अनुसार अडिसनका कार्यक्रम पौष २ गते देखि पौष २९ गतेसम्म हुने भएको हो । पौष २ गते सोमवार बृटिस गोर्खा सामुदायिक भवन धरानमा पहिलो अडिसन हुँदैछ भने क्रमशः पौष ५ गते विहिवार किरात राई यायोक्खा भवन, इटहरीमा, पौष ७ गते शनिवार मारवाडी सेवा सदन विराटनगरमा, पौष ९ गते सोमवार इन्द्रपुर जेसिज, विराटचोकमा, पौष ११ गते बुधवार अग्रसेन भवन विर्तामोड, पौष १५ गते आइतवार होटल ग्रिन भ्यु इलाम र पौष २९ गते आइतवार, मारवाडी सेवा समितिको भवन दमकमा अडिसन हुने भएको जनाइएको छ । अडिसनका प्रतिष्पर्धीले आफू जहाँ भएपनि पायक पर्ने जुनसुकै स्थानबाट अडिसन फारम भर्न र निवेदन दिन सक्ने प्रावधान रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी विजेताहरुलाई प्रथम पुरस्कार ३ लाख र दोस्रो पुरस्कार १ लाख रुपैयाँ प्रदान गरिने हिमशिखर मिडिया प्रा.लि. दमकले जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…