• देबु बानियाँ
    बाहुनडाँगी । तुलसीपुर नगर जेसीज वर्ष २०१९ को अध्यक्षमा मेघराज घिमिरे निर्वाचित हुनुभएको छ ।
    शनिवार सम्पन्न शाखाका ७ औँ साधारणसभामा ५० मत प्राप्त गरि घिमिरे विजय हुनुभएको हो । अध्यक्षका अर्को उम्मेदवार डम्वर डाँगीले ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विमल पौडेलले जानकारी दिनु भयो ।
    त्यसैगरी कार्यकारी उपाध्यक्षमा केशव केसी र माधव न्यौपाने ( समिर) चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा एकराज भण्डारी, पूर्णविक्रम डाँगी, चेतन कँडेल र सुरज भण्डारी र सचिवमा मेघराज पोख्रेल चयन हुनुभएको छ । अन्य पदहरुमा सर्वसहमति भएपनि अध्यक्षका लागि भने निर्वाचन भएको थियो । ८८ जना मतदाता रहेको जेसीजमा ८२ मत खसेको थियो शाखाका अर्थ निर्देशक बसन्त भण्डारीले बताउनु भयो ।
    शाखाका अध्यक्ष दिपेश भण्डारीको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष विमलकुमार पौडेल, पूर्व अध्यक्ष सुर्यप्रसाद शर्मा, झनेन्द्र खरेललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव नेत्रलाल भट्टराई गर्नु भएको थियो ।
    यसैगरी, चक्रट्टी जेसीजको ५औं शाखा अधिबेशनले मन्जु आचार्यलाई निर्वाचित गरेको छ ।
    शनिवार आयोजित शाखाको साधारणसभा एवम् वनभोज कार्यक्रममा आचार्यलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरिएको हो ।
    कार्यकारीणी उपाध्यक्षमा मुना अधिकारी र केदारनाथ दाहाल, उपाध्यक्षहरुमा, लोमनाथ दाहाल, सुरेन्द्र श्रेष्ठ, निस्चल घिमिरे र जोन प्रसाईं निर्वाचत भएका छन् । यसैगरी महासचिवमा तिर्थराज भट्टराई, कोषाध्यक्ष दिपक रौनियार, कानुनी सल्लाहकार इन्दु गौतम, बरिष्ठ कार्यकारीणीमा दिवस बिष्ट, जनसम्पर्क अधिकारीमा मनोज तामाङ, तालिम निर्देशकमा महेश घिमिरे, सचिबमा नेत्र प्रसाद दाहाल चयन भएका शाखा अध्यक्ष देवकुमार चौधरीले बताउनु भयो ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…