• दमक । झापाको दमकस्थित पत्रकार मंच दमकका अध्यक्ष मनकुमार गदाललई अध्यक्ष पद बाट हटाउनु पर्छ भन्ने कुरा पत्रकारहरुमा चर्चा भईरहेको छ । एक युवतीलाई दुर्व्यवहार गरेर बेपत्ता भएका गदालले नैतिकताको आधारले पनि पदमा बस्नु हुँदैन भन्ने पत्रकारहरु दमकमा छन् । फटा प्रवृत्तिका गदाललाई अध्यक्ष कसरी मान्ने, अगाडी बोल्दा बिरोध गरे जस्तै हुन्छ ,त्यसै पनि उनको समाचार लेखेको भन्ने आरोप लागेको छ , एक पत्रकारले चिया गफमा भने । गत मंसिर ८ गते शनिवार दमकस्थित स्टार एफ एमको आफ्नै कार्यकक्षमा एक युवतीलाई फोन गरेर बोलाएर युवतीमाथि दुव्यर्वहार गरेका थिए । तर पत्रकारको संगठन चुपचाप छ । अरुको नराम्रो पाए खेदो गर्ने पत्रकार संगठन मौन छ । अझ उनी निटक संगठन चौतारी बचाउमा छ ।

    गदाल विगत एक वर्ष अघिदेखि स्टार एफ् एमका स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए । झापा तोपगाछीकी २३ बर्षिया युवतीलाई जन्मदिनको उपहार दिन भन्दै बिहान नौ बजे आफ्नै कार्यकक्षमा गदालले बोलाएका थिए । युवती गदालको कार्यकक्षमा आए लगत्तै अध्यक्ष गदालले युवतीलाई प्रेम प्रस्ताव राखेका थिए । तर युवतीले सो पस्ताव ठाडै अस्विकार गरेपछि गदालले युवतीलाई आफुसँग प्रेम गर्ने अनि अर्को संग विवाह गर्न लागेको भन्दै धम्क्याएका थिए ।

    त्यसपछि गदालले युवतीलाई केहि समय त्यहि बस्न भनि बाहिर निश्किएर नजिकैको पसलमा सिन्दुर किने आफ्नो कार्यकक्षमा पुगि युवतीलाई जवरजस्ति सिन्दुर लगाई दिएका थिए ।

    गदाल स्वयमंले युवतीको घरमा फोन गरेर तपाईहरुकी छोरीलाई मैले सिन्दुर लगाए छोरी हराइन भनेर नआत्तिनु होला भनेर फोन समेत गरेका थिए । पीडित युवतीले घटनाभए लगत्तै आफनो घर परिवारमा फोन गरेर आफुमाथि दुर्व्यवहार भएको जानकारी गराएकी थिईन ।भने सो घटनापछि गदाल लगत्तै भागेका थिए ।

    घटन भएको केहि समयमा नै युवतीका आफन्तहरु स्टार एफ एममा आइपुगेका थिए । आक्रोशीत आफन्त तथा ति युवतीकी आमाले गदालको कार्यकक्षमा तोडफोड समेत गरेका थिए । गदाल नेपाल मानब अधिकार संगठन झापाका उपाध्यक्ष, प्रेष चौतारी झापाका उपाध्यक्ष समेत रहेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…