• नेपाल । साउदी अरबको चर्चित कम्पनी अलमराईको वार्षिक उत्सवको अवसरमा नेपालका अभिनाष बानियाँ तेस्रो हुँदै पुरस्कार जितेका छन् ।
    शुक्रवार कम्पनीले आयोजना गरेको वार्षिक उत्सवमा कम्पनीका कर्मचारीहरुबिच गोला पथ्राद्धारा छानिएको उत्कृष्ट अवार्डको उक्त पुरस्कारले प्राप्त गरेका थिए । वार्षिक उत्सवमा यो अवार्ड थाप्ने बानियाँ एक्लो नेपाली हुन् । तेस्रो अवार्डसँगै उनले ३० हजार मुल्य बराबरको एक थान सामसुङ कम्पनीको मोवाइल समेत प्राप्त गरेका छन् । बानियाँ झापाको मेचीनगर ३ दोकानडाँडा निवासी हुन् । उनी विगत ७ वर्षदेखि यहि कम्पनीमा काम गर्दै आएका छन् । दुई वर्ष अघि पनि उनले उक्त ‘फाइव इयरर्स कम्पनीमा सर्विस’ अवार्ड प्राप्त गरेको थिए । आफ्नो कामप्रतिको इमान्दारिता, कर्तव्यनिष्ठ बानियाँ कम्पनीमा कार्यरत कर्मचारीहरुबिच पनि लोकप्रिय छन् । उनी यस कम्पनीमा लिड सेल्समेनको कार्यभार सम्हाल्दै आएका छन् ।

    उक्त प्रतियोगितामा प्रथम पुरस्कार केनियाका महम्मद भुवारक र दोस्रो पुरस्कार पाकिस्थानका महम्मद जाहिरले प्राप्त गरेका थिए । उनीहरुले क्रमश आइफोन मोवाइल र ४२ एन्चको एलइडि प्राप्त गरे ।
    उक्त वार्षिक समारोहमा कम्पनीका रिजिनल सेल्स म्यानेजर, रिजिनल म्यानेजर, सेल्स म्यानेजरलागयत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको साउदीबाट बागलुङका किरण थापाले बताउनु भयो । साथै कम्पनीका सुपरभाइजर नवलपरासीका टेकबहादुर विक, कर्मचारीहरु नुवाकोटका भुवन घले, नवलपरासीका तेजनारायण गौतम र स्याङ्जाका सन्तोष बास्टकोटी समेत सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…