• रातोकलम सम्बादाता

    काठमाडौ । कलाकर, सामाजिक तथा राजनीतिज्ञ अर्जुन खालिङको जीवनी समेटिएको अर्जुन खालिङ स्मृतिग्रन्थ आज (मंसिर २९) सार्वजनिक भएको छ । अर्जुन खालिङ फाउन्डेसनको आयोजनामा कमलादी स्थित नेपाल प्रज्ञ प्रतिष्ठानको हलमा सार्वजनिक भएको हो । अर्जुन खालिङ चित्रकार, कवि, सामाजिक तथा राजनीति रुपमा अग्रसर थिए ।



    ललितकला क्याम्पसको गोल्डमेडलिष्ट चित्रकार हुन । किरात समुदायको सांस्कृतिक सौर्न्दर्यता सम्बन्धि चित्र कोर्नुको साथै, पहिचान सम्बन्धी कबिता लेख्दै आएका कवि थिए । एक छोरीको बाउ अर्जुन खालिङ २ बर्ष अघि दिगंवत भएका थिए । उनै खालिङको जीवनिमा आधारित ग्रन्थ सार्वजनिक भएको हो । राजनीति, कलाकार, साहित्य, सामाजिक व्यक्तितब गरी ८ वटा खण्डमा १६६ जनाको लेख समेटिएको ५५९ पृष्टको ग्रन्थ प्रकाशित भएको हो । सार्वजनिक कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रज्ञ प्रतिष्ठानको पूर्ब कुलपति बैरागी काइला, लेखक तथा साहित्यकार राजन मुकारुङ, भुपाल राई, किरात राई यायोक्खा केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राई, ग्रन्थका प्रधानसम्पादक डा. तारामणि राई, अर्जुन खालिङकी श्रीमती तारा राई, फाउन्डेसनका उपाध्यक्ष खुक्सङ खम्बू लगायतले खालिङको योगदान बारे बोलेका थिए ।

    अर्जुन खालिङको सम्माण र सम्झनामा उहाँको एकल प्रदर्शन, अर्जुन खालिङ कला साहित्य पुरस्कार कोष स्थापना, अर्जुन खालिङ संग्रहालय स्थापना र छात्रावृती कोष स्थापना लगायतको उदेश्य रहेको फाउन्डेसनका उपाध्यक्ष खुक्सुङ खम्बू राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…